Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

२००७ साल दोहोरिएकै हो त ?

२२ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

काठमाडौं । मेचीबाट सुरू भएको जनअसन्तोषले राजधानीमा विद्रोह गरेको अवस्था, यो आगो डढेलो बन्यो भने के होला, नहोला ? भन्न सकिन्न ।
०६३ सालपछि पहिलोपल्ट यति धेरै नागरिक नेपालको झण्डा बोकेर सडकमा निस्किए, राजतन्त्र र हिन्दुराष्ट्रको माग अघि सारे ।
यति नै बेला पूर्वराजा २००७ सालमा राजा त्रिभुवनझैं दिल्ली गएको स्थिति । दिल्लीमा प्रधानमन्त्री मोदीले पूर्वराजा ज्ञानेन्द्रलाई रात्रिभोज नै आयोजना गरेर हिन्दूराष्ट्रको सम्राटलाई जसरी उच्च सम्मान दिएको समाचार । एकातिर विदेश सचिव क्वात्रा नेपाल आएर ८ दलीय गठबन्धन बनाइदिनु, प्रधानमन्त्रीविरूद्ध सर्वोच्च अदालतमा फौजदारी अभियोग मुद्दा दर्ता गर्ने आदेश दिनु, पूर्वराजा दिल्ली जानु, राप्रपा नेपालका कमल थापाले दुर्गा प्रसाई अगुवा भएको आन्दोलनलाई समर्थन गरेर र राप्रपाका पशुपतिशमशेरका साथै दिल्ली जानु, काठमाडौंमा फागुन २० गते हिन्दुराष्ट्र र राजतन्त्रको पुनस्र्थापना गर्न जनअसन्तोषको ज्वालामुखी फुट्नु । नेपालको राजनीतिले यू टर्न लिन लाग्यो भन्ने सङ्केतको रूपमा विश्लेषण भइरहेको छ ।
दिल्ली सकृय भएपछि नेपालमा भुइँचालो जानु स्वभाविक हो । जनता राजाको पक्षमा उम्लिएका छन्, लामो समयदेखि आक्रोसित र आन्दोलित पनि छन् । मात्र आवश्यक छ, एउटा विदेशी ताकतले नेपाली जनताको आक्रोशलाई सकारात्मक दृष्टि राखिदिनुपर्ने । भारतको कांग्रेस आईको सक्रियतामा राजतन्त्रलाई किनारा लगाइएकै हो । जुन शक्तिले राजतन्त्र किनारा लगायो, उही शक्तिले कोर्ष करेक्शन गर्न पहल लिएको हो भने अव राजतन्त्रात्मक लोकतन्त्र टाढा रहेन ?
विश्लेषकहरू भन्छन्– राजतन्त्र चार तरिकाले मात्र पुनस्र्थापना हुनसक्छ ।
१. आम विद्रोह । २. चुनावबाट आएको संसदले संविधान संशोधन गरेर । ३. सैनिक विद्रोह र सेनाले राष्ट्राध्यक्षका रूपमा राजालाई स्वीकार गरेर । ४. विदेशी हस्तक्षेपबाट नेपालको शान्ति व्यवस्था कायम गराइदिएर । विदेशी हस्तक्षेप भयो भने यिनै राजनीतिक दल र नेताहरूले सर्वस्वीकार्य रूपमा राजतन्त्रको पुनस्र्थापना हुनेछ । राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दा छिनोफानो हुन्छ ।
राजनीतिमा द्वन्द्व यिनै नेता र दलले बढाए, लोकतन्त्र असफल बनाए । अब नेपालमा राजनीतिले कोल्टे फेर्ने वातावरण बन्नैपर्छ, अन्यथा जनयुद्धपछिको अर्को दुर्घटना हुनसक्छ । अहिलेको परिदृश्यको जिम्मेवार यिनै नेता हुन् ।
०४७ को संविधानको कुरा उठ्यो, राजाले बुझाएको नासो दलपतिहरूलाई पासो बन्यो । नासो राजाले फिर्ता लिएको घोषणा गरे के हुन्छ, प्रश्न उठ्यो ।