Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

लोकतन्त्रमा अर्को तमासा

१५ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

काठमाडौं । रत्नपार्कमा धुलोलाई सर्वौषधि भनेर विक्री गर्ने चटकेका लागि भीडलाई भ्रमित पारेर धुलो बेच्नु र स्वार्थ पूरा गर्नुमात्र उसको धर्म हो । कहिले कहिले चटकेले मान्छे मारेर ब्यूँताएको इन्द्रजाल देखाएर पनि धूलोलाई औषधि नै हो भन्ने विश्वास दिलाएर धुलो बेच्छ र पैसा कमाउँछ । व्यवसायीले व्यवसाय गर्छ । राजनीति सेवा हुनुपथ्र्यो, नेतृत्व बर्गले राजनीतिलाई व्यवसाय बनाइदिए ।
लोकतान्त्रिक राजनीतिमा रत्नपार्के तमासा फेरि सुरू भएको छ । पाँच दलीय गठबन्धन गरेर चुनावमा गएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गठबन्धन तोडेर एमालेका अध्यक्षसँग प्रधानमन्त्रीका लागि याचना गर्न पुगेका थिए । ओलीले २७५ को संसदबाट बहुमत जुटाएर प्रधानमन्त्री बनाइदिए ।
प्रधानमन्त्री बनेको २ महिनामै तिनै ओलीलाई लात हानेर गठबन्धन ब्यूँताउन पुगे । ५ दलीय गठबन्धनलाई ८ दलीय गठबन्धन बनाए । राष्ट्रपति र सभामुख एमालेलाई दिने, आधा आधा समय प्रधानमन्त्री चलाउने सहमति गरेका प्रचण्डले यति मिहिन पाराले ओलीलाई दूधमा डुबेको झिङ्गा पन्छाएजसरी पन्छाइदिए कि ओलीले झस्किन समेत पाएनन्, भ्याएनन् । राष्ट्रपति कांग्रेसलाई दिलाउने प्रपञ्च रचेर प्रचण्ड भन्छन्– यो राष्ट्रिय सहमति हो ।
यसपछि प्रचण्डले भनेका छन्– अब ओलीले गर्न सक्ने केही छैन । प्रतिपक्षमा जान्छ । सरकार पुनर्गठन हुन्छ । अर्थात १० पुस फासफुस भयो । त्यस दिनको ओली र प्रचण्डबीचका सबै सहमति तोडिए । यद्यपि राष्ट्रपतिको निर्वाचन फागुन २५ सम्म आफ्ना मन्त्रीलाई फिर्ता नगर्ने निर्णय एमालेले गरेको छ ।
अर्थात् राजनीतिमा एक दोस्रालाई खुइल्याउने बाहुबलीतन्त्र हावी भयो । यसरी निषेध र विभेद, षडयन्त्र र इन्द्रजाल रचेर राजनीतिले राष्ट्रलाई उचाल्न सक्दैन, अनिश्चयको बन्दी बनाएर विदेशीको अखडामात्र बनाइदिन्छ ।
ओली प्रतिगमनकारी भनेर अदालत गएका र अदालतले परमादेशी सरकार बनाइदिएको कांग्रेसमा खुशीयाली छाएको छ । राष्ट्रपतिमा एमाले उमेदवार सुवास नेम्वाङभन्दा ६ हजार मतले अगाडि देखिएका कांग्रेसी उमेदवार रामचन्द्र पौडेल तेस्रो राष्ट्रपति बन्ने पक्काजस्तै छ । यद्यपि राष्ट्रपतिको चुनावमा गोप्य मतदान हुने र ४ हजारभन्दा बढी मतभार जता पनि जान सकिने विश्लेषण भइरहेको छ । तथापि भारतीय विदेश सचिव विनयमोहन क्वात्राले जुन प्रकारले तुफानी नेपाल भ्रमण गरेका थिए, २ दिनमा १४ जना नेपाली राजनीतिका उपल्ला व्यक्ति भेटेर गएका थिए, उनको भ्रमण कांग्रेसी राष्ट्रपतिका रूपमा फलिभूत हुने भएको छ । एकपल्ट फेरि भारतले आफ्नो प्रभाव देखाएको छ ।
कांग्रेस, माओवादी, नेकपा एस, जसपा, लोसपा, जनमत, उन्मुक्ति, जनमोर्चासहितको ८ दलीय गठबन्धन प्रतिगमनकारी आरोप लगाएर एमालेविरूद्ध एकढिक्को हुने । यिनको सहमति कस्तो– उपराष्ट्रपति जसपालाई, एकवर्षपछि राष्ट्रियसभा अध्यक्ष माओवादीलाई । कांग्रेस, नेकपा एस, नागरिक उन्मुक्ति, जसपा पनि सरकारमा सामेल हुने । मंसिर ४ को आवधिक निर्वाचनपछिको २ महिनामै देखिएको राजनीतिका नाटकीय परिदृश्यहरू चटकेले देखाएको चटकभन्दा कम रोचक र घोचक छैनन् । यस्ता अराजक, अस्थिरतावादी, राजनीतिक धर्मविपरित, सिद्धान्त–नीति र निष्ठाहीन राजनीतिले देशलाई शान्ति र समृद्धितिर लैजान नसक्ने पक्का छ ।
५ वर्षमा सत्ताको तीन भाग लागेको छ । माओवादीलाई २ वर्ष, नेकपा स लाई १ वर्ष र नेपाली कांग्रेसलाई २ वर्ष । राजनीति ‘भाग शान्ति जय नेपाल’ नै भयो ।
लोकतान्त्रिक नेपालमा यतिबेला ३६ हजार १ सय ५ जनाले मासिक भत्ता खान्छन् । हरेक पदाधिकारीका सहायक, आयोग, संस्थान, नियोगमा ४० हजारभन्दा बढी राजनीतिक नियुक्ती गरिएका छन् । आम्दानीभन्दा खर्च बढी छ । विकास खर्च ५० प्रतिशत पनि छैन । व्यापार घाटा बढ्दो छ, वैदेशिक ऋण बढ्दो छ, आम्दानी र खर्च गर्न नसकेर बजेटको आकार घटाइएको छ । नेपाल तीब्र अधोगतिमा छ ।
नेपाल अफगानिस्तान, श्रीलंका हुने कि युक्रेन ? भूराजनीतिक चक्करमा फसेकाले समस्या संकट उन्मूख भइसकेको छ । हाम्रो संकट हामीले नै समाधान गर्नुपर्छ, अरूले आप्mनो स्वार्थमात्र हेर्ने हुन् । उचाल्नेहरूले पछारिदा साथ दिदैनन् । ०६३ सालको परिवर्तनपछि जे जति क्षति बेहोरियो, बिनास हाम्रै भयो, हामीले नै भोग्नुपर्छ ।
देश बर्बादी, लथालिङ्ग अवस्थाबाट तारेभीरतिर उन्मुख भयो । सम्हाल्ने कसले ?