Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अब चुप लागेर बस्न सकिन्न

०८ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

फागुन ७ गतेको सन्देशमा राजनीति र राजसंस्थाको प्रस्ताव आएको छ ।
पूर्वराजाले सन्देशमा लेख्नुभएको छ–  बिषम परिस्थितिमा पनि आफू देश छाडेर नगएको स्मरण गराउँदै अब नेपालको निरन्तर अधोगतिप्रति चुप बस्न नसकिने भन्दै राजतन्त्र र राजनीतिक  दललाई सहकार्यको प्रस्ताव समेत राख्नुभएको छ । शुभकामना सन्देशमा भन्नुभएको छ– देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब नगरौं । नेपालको निरन्तर अधोगतिप्रति मौन रहन नसक्ने भन्दै पछिल्ला वर्षहरूमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिरा चिरा पर्न थालेको प्रति चिन्ता व्यक्त गर्नु भएको छ । उहाँले हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे आङ्कलन गर्न सकिने बताउनु भएको छ । राजाको यो सन्देशले राजनीतिक बृत्तलाई तताएको अनुभव गर्न सकिन्छ ।