Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेतापिच्छे विश्वविद्यालय, यो अति भयो

०८ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

एमाले अध्यक्ष केपी अ‍ोलीले मदन भण्डारी, गिरिराज मणि पोखरेलले योगमाया, विमलेन्द्र निधिले राजर्षि जनक, बालकृष्ण खाँणले लुम्बिनी बौद्ध विश्वविद्यालय बोकेर हिडेका छन् । समृद्ध नेपाल, सुखी नेपाली भन्ने नेतृत्व क्षेत्रीय भावना बोकेर किड्दा शिक्षाक्षेत्र धरासायी हुँदैछ । नेपाललाई १४ विश्वविद्यालय किन चाहिन्छ ? अझै पनि ८ विश्वविद्यालय प्रस्ताव गरिएको छ । शिक्षा देश विकासको धरातल होइन, व्यवसाय बनाउन नेतृत्व अघिसरेको छ ।
यस्तो निष्कर्ष हो शिक्षाविद विद्यानाथ कोइरालाको ।
शिक्षाविद कोइरालाको भन्छन्– शिक्षाविद्हरूले स्वार्थ बाझिने गरी सरकारले नेपाल विश्वविद्यालय सम्बन्धी विधेयक ल्याएको टिप्पणी गरेका छन् । सरकारले मुलुकको आवश्यकता अनुसार समग्र शिक्षा प्रणालीलाई व्यवस्थित र गुणस्तरीय बनाउन संघीय शिक्षा ऐन र विश्वविद्यालयहरूलाई व्यवस्थित बनाउन विश्वविद्यालय छाता ऐन ल्याउनु अहिलेको आवश्यकता थियो । शिक्षाविद् विद्यानाथ कोइरालाले संघीय संरचनाअनुसार केन्द्रीय, क्षेत्रीय, एकल विषय, बहुविषय, गैरसरकारी, संस्थागत, साझेदारी तथा अन्तर्राष्ट्रियस्तरका के–कति विश्वविद्यालय कुनकुन स्थानमा खोल्ने भन्ने कुरा पहिला निक्र्यौल गरिनुपर्ने भन्छन् । नेताहरूले नेतृत्व लिनुपर्ने हो, ‘क्षेतृत्व’ लिएर हिँडेका छन् । नेताहरूले एक–एकवटा विश्वविद्यालय बोकेर हिँड्ने क्षेतृत्व बढिरहेको गम्भीर आरोप लगाइसक्दा पनि नेतृत्व चुकेको चुक्यै छ । यो कस्तो नेतृत्व हो, जो देश होइन, चुनाव र भोट बैंक बोकेर हिड्छ, शिक्षा सखाप पार्छ ? किन चेत फिर्दैन नेतृत्वको ?