Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

शिवरात्रि पारेर शंकराचार्य

०८ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

   काठमाडौं । गोवर्द्धन मठका शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाशिवरात्रिको पर्व पारेर नेपाल आएका हुन् । उनी नेपाललाई ‘हिन्दू राष्ट्र घोषणा गरेका’ शङ्कराचार्य हुन् । उनी भारतलाई पनि हिन्दुराष्ट्र घोषणा गर्नुपर्छ भन्ने मान्यता राख्छन् । हिन्दुराष्ट्र अभियन्ता र हिन्दुहरूका लागि शंकराचार्य आदरणीय रहेका छन् । धेरैले उनको दर्शन गर्न भ्याए ।
    भारतमा चार दिशामा चार मठ छन्, चार शंकराचार्य छन् । गोवर्द्धन मठ एक हो । हिन्दूहरूको चार धाममध्ये जगन्नाथ मन्दिर रहेको पुरीमा गोवर्द्धन, रामेश्वरममा श्रृङ्गेरी, द्वारकामा शारदा र बद्रीनाथमा ज्योतिर्मठ छन् । अन्य मठभन्दा पनि गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती नेपाल मामिलामा विशेष चर्चामा आइरहन्छन् । पशुपति विकास कोषको निम्तोमा शंकराचार्य आएका हुन्, सरकारले सुरक्षा दिएको छ ।