Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नेपालबाटै भारतले भन्यो– सार्क मर्‍यो

०१ सोमबार , फाल्गुण २०७९३ बर्ष अगाडि

श्रीलंका भ्रमणमा गएकी परराष्ट्रमन्त्री विमला राई पौड्याल श्रीलंका, बंगलादेश, माल्दिभ्सका विदेश मन्त्रीसँग सार्कलाई सक्रिय बनाउने छलफल, सहकार्य तथा सम्पर्क सञ्जाल विस्तार गर्ने लविङ् गर्दै गर्दा नेपालमा आयोजित सेन्टर फर डिप्लोम्यासी एण्ड डेभलप्मेन्टको सेमिनारमा भारतले पठाएका दूतले सार्कको औचित्य सकियो, बिघटन गर्नुपर्छ भनेर मुख खोलेका छन् ।
भारतले सार्क बिघटन गर्न खटाएका कूटनीतिज्ञ हुन् प्रदीपकुमार कपुर । उनले सार्क औचित्यहीन भएको बताए ।
यो सेमिनारको उद्घाटन गरेका थिए नेपालका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले । यही कार्यक्रममा नेपाल सरकारकै उपस्थितिमा भारतीय कूटनीतिज्ञ प्रदीपकुमार कपुरले पाकिस्तानलाई इंगित गर्दै सार्कका सदस्य राष्ट्रले नै असहयोग गरिरहेको अवस्थामा सार्क अब अघि बढ्न सक्दैन, सार्कलाई रद्दीको टोकरीमा फ्याँक्नुपर्ने टिप्पणी गरेका थिए । उनकै शब्दमा– ‘प्रथम विश्वयुद्धपछि अर्को विश्वयुद्ध नहोस् भनेर ३० राष्ट्र मिलेर गठन गरेको लिग अफ नेसन दुई दशकपछि नै रद्दीको टोकरीमा फ्याँकियो र संयुक्त राष्ट्रसंघको स्थापना भयो । त्यसैगरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न गठन भएको जेनरल एग्रिमेन्ट अफ ट्यारिफ एण्ड ट्रेड (ग्याट) को औचित्य समाप्त भई विश्व व्यापार संगठन (डब्लुटिओ) बन्यो । अन्तराष्ट्रिय मुद्रा कोष र विश्व बैंक पनि त्यसरी नै आएका हुन् । अब सदस्यहरूले सार्कको भविष्य सकिएको निर्णय लिनुपर्छ ।’
८ वर्षअघि नेपाल अध्यक्ष बन्यो, १९औं सार्क पाकिस्तानमा हुनपर्ने थियो, भारतले इन्कार गर्दा सम्मेलन हुनसकेन । भारत पाकिस्तानमाथि आतंकवादी आरोप लगाइरहेको छ, पाकिस्तान भारतमाथि असहयोगी भनिरहेको छ । सार्क महासचिव श्रीलंकाका इसला विराकोन बिना काम पदावधि सकेर फर्कदैछन् । सचिवालय नेपालमा छ, कुनै गतिविधि भएको देखिदैन । अब महासचिव हुने अफगानिस्तानको तालिवान सरकारले विश्व मान्यता पाएकै छैन । ३७ वर्षको अल्पायुमै सार्कलाई भारतले बिघटनको संघारमा पु¥याइदिएको छ ।