Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अमेरिकी सुझाव, लगानी सहज बनाउ

०१ सोमबार , फाल्गुण २०७९२ बर्ष अगाडि

नेपालले विदेशी लगानीलाई सजिलो बनाउनुपर्छ भन्ने सुझाव दिएर युएसएड सामन्था पावर फर्किएकी छिन् । यो अमेरिकी अधिकारीको १९औं भ्रमण हो । यही भ्रमणमा अमेरिकी राष्ट्रपति जो वाइडेनले प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाको निम्तो पनि दिएकी छिन् । मुख्य कुरो नेपाल अमेरिकी सहयोग पाउने प्राथमिकतामा परेको खुलासा हो । यो महत्वपूर्ण छ नेपालका लागि ।
उनले नेपाल अमेरिका सम्बन्धको ७५ वर्षमा सहयोग गर्दै आएको र अमेरिकी सहयोग कुनै राजनीतिक आयाम नभएको प्रष्ट पारिन् । उनको भ्रमणकै बेलामा सरकारी वेभसाइटमा साइवर आतङ्क भएको थियो । यो सुनेपछि सामन्थाले नेपालले चाह्यो भने साइवर सुरक्षामा सहयोग गर्न अमेरिका तैयार रहेको प्रस्ताव पनि गरेकी छिन् । उनले सरकार, नागरिक समाज, निजी क्षेत्रका नेतृत्व, स्थानीय सरकारलाई समेत भेटेकी थिइन् । जाँदाजाँदै उनले ५ करोड ८५ लाख डलरको सहयोग दिने घोषणा गरेकी गरेर गइन् । नेपाललाई सहयोग दिंदा अमेरिका खुशी हुने र यस्तो सहयोग कुनै भूराजनीतिक कुराको उपज होइन, मित्रता परिणाम हो भनेर गएकी छिन् ।