Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

बाजुराको हाहाकार कसले हेर्ने ?

२३ सोमबार , माघ २०७९२ बर्ष अगाडि

बाजुरामा भूकम्प गयो, सिंहदरवार, संसद र शितल निवास सत्ताको लुछाचुँडीमै व्यस्त छन् ।
भूकम्प, त्यसपछि आएको हिउँवर्षाले बाजुराका जनताको बिचल्ली छ । आत्मदाहले समेत जनप्रतिनिधिलाई ब्यूँझाउन सकेन । बाजुराका जनताको कष्टकर जीवन झन कष्टकर बन्दैछ ।
गृहमा प्रशासनको रिपोर्ट आयो– औषधिको अभाव छ, रोगव्याधि बढेको छ, खान र बस्नको ठूलै समस्या छ । सरकार गएन, जनप्रतिनिधि गएनन्, यिनका लागि नेपाल सरकार को हो को हो ? त्यसो त सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी र गण्डकी प्रदेशका हिमाली र पहाडी इलाकाका जनता साह्रै पीडामा छन्, तिनका लागि सिंहदरवार कहिले गाउँमा पुगेन ।
माघ १० गते गएको ५.९ रेक्टरको भूकम्पले दिल्लीसम्म हल्लायो । नेपालकै राजधानीका शासकलाई हल्लाएन । सबैभन्दा ठूलो क्षति बाजुराका गौमुल र हिमाली गाउँपालिका, खप्तड क्षेत्र तथा बडिमालिका नगरपालिकामा धनजनको ठूलो क्षति भएको थियो ।
बाजुरा जिल्लामा केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पले धनकोमात्र होइन जनको पनि क्षति भयो । दिउँसो २.४३ मा भूकम्प गएकाले धेरै मानिस मृत्युबाट बचेका हुन् । एक महिलाको ढुङ्गा उछिट्टिएर मृत्यु भएको थियो ।
हरेक वर्ष प्राकृतिक प्रकोप आउँछ, भूकम्प असह्य भएर जान्छ, ०७२ सालको भूकम्पले देशलाई अपूरणीय क्षति दिएर गयो । त्यसपछि कोभिड १९ ले पनि धेरै नेपालीलाई लता¥यो । तर राज्य कमिशन र भ्रष्टाचार, सत्ताको खेलमा रमाइरह्यो । लोककल्याणकारी राज्यले समयमै लोकको संरक्षण गर्न सकेन ।
यो भूकम्प र हिउँ वर्षाले हिमाली क्षेत्रमा ठूलै संकट ल्याएको छ । यो संकटमा जनताका लागि राज्य छ भनेर देखिएन । एक त गरिबी छ, त्यसमाथि रोजगारी छैन, अभाव छ, कहिले दाल चामल पाइदैन, औषधिउपचारको सधैं अभाव हुन्छ, नुनको कृत्रिम हाहाकार गराइन्छ, साह्रै सकसको जीवन बाँच्छन् हिमाली, पहाडी भेगका नागरिकहरू । यिनको गरिबीलाई उपयोग गरेर नेताहरू चुनाव जित्छन्, सत्ता र प्रतिपक्षमा पुग्छन्, तिनले कहिले जनतातिर हेर्दैनन् ।