Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारत कस्तो छिमेकी ?

२३ सोमबार , माघ २०७९२ बर्ष अगाडि

नेपालले चर्को व्याजमा ऋण लिएर पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ग¥यो, भारतले इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) सञ्चालन गर्न अनुमतिमा सहजीकरण नगरिदिएका कारण सञ्चालन हुनसकेको छैन । भारतले ‘आईएलएस प्रणाली’ चलाउन नदिएकाले सुरू भइसकेको अन्तर्राष्ट्रिय उडान रोकिएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले हिमालयन एयरलाइन्सले डिसेम्बर २० देखि र जजिरा एयरवेजले डिसेम्बर २ बाट उडान रोकेको बताएको छ । नेपालले धेरैवर्षदेखि भारतसँग जनकपुर, भैरहवा, नेपालगन्ज र महेन्द्रनगर हुँदै थप विमान प्रवेश रूटको माग गरेको हो । भारतले मौन अस्वीकृति जनाएको छ । भारत चीनले बनाइदिएको एयरपोर्ट भएकाले एयररूट नदिएको बुझ्न सकिन्छ ।
हरेक नेपाली र भारतीय नेता भन्छन्– सम्बन्ध विशेष प्रकारको छ । यो कस्तो सम्बन्ध हो, सामान्य एयररूटका लागि समेत भाँजो हालिरहन्छ ? नेपालको विकासमा बाधा हालेर भारतले अस्थिरता उत्पन्न गराइरहन्छ । नेपालमाथि चलखेल र प्रभाव भारतकै रहिरहोस् भन्ने धारणाले भारत नेपाललाई समृद्धतिर लाग्नै दिदैन । नेपालको आर्थिक विपन्नताको मूल कारक भारत नै हो ।
भारतीयलाई नागरिकता, सीमा अतिक्रमण, राजनीतिमा प्रभाव बढाउन नै भारतले सीमा नियमन गर्न मान्दैन । इपीजी रिपोर्ट भारतले अस्वीरका गरेको कारण पनि यही हो । नेपालका जलस्रोत र अन्य प्राकृतिक साधनस्रोतमा कब्जा गर्ने, विदेशी सहयोगमा रिसाउने, आफ्नो प्रभाव बढाउन उद्दत रहने भारतको निरन्तरको बानी हो । यहाँसम्म कि चीन वा अरूले उत्पादन गरेको विजुलीसमेत नकिन्ने भन्छ भारत । बूढीगण्डकी, पश्चिम सेती र माथिल्लो कर्णाली जलविद्युत आयोजना अगाडि बढ्न सकेको छैन । अपर कर्णालीदेखि अनेक आयोजनामा भारतले बाधा हालिरहेको छ । नेपाली नेतृत्व भारतलाई खुशी पार्न विद्युत आयोजना भारतको हिल्ला लगाइरहेका छन् । अरूण ३ विश्व बैंक, जापान, जर्मनी लगायतको लगानीमा निर्माण हुन लागेकोमा रद्द गराएर भारतले कब्जा ग¥यो ।
नेपालसँग ८ रूपैयाँमा बिजुली किन्छ, नेपाललाई १९ मा बेच्छ । नेपालका उद्योग बन्द गराउने र चल्न नदिने, नेपाललाई भारतको बजार बनाएर राख्ने मनसाय राख्छ । यस्तो छिमेकीसँग झुकेर नेपालले कहिले प्रगति गर्ला ?