Advertisement Banner
Advertisement Banner

१७ शनिबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यो हो लिपुलेक

१८ सोमबार , आश्विन २०७२९ बर्ष अगाडि

अंग्रेजले सन् १८१५ मे १५ मा बडाकाजी अमरसिंह थापालाई कालीपारि आफूले कब्जा गरेको भूभाग छाड्ने प्रारम्भिक सम्झौता गराउन बाध्य पारेको दुई सय वर्षपछि सन २०१५ मे १५ मै लिपुलेक मिचिएको दुई देशको विज्ञप्ति आएको छ। कालापानीको समस्या सुल्भि्कन नपाउदै सागै जोडिएको सजिलो हिमाली पास लिपुलेकबारेबेइजिङले पनि नेपालीलाई साथ दिएन। हुादै नभएको कालीको मुहान सिर्जना गरेर नेपाली भुभाग कालापानीमा कब्जा जमाएको भारतीय फौजले सन् १९६२ को भारत(चीन युद्धपछि नै कालापानी र लिपुलेकमा भोगचलन गर्दै आएको छ।
आ136नो पत्रकारिता यात्रामा दुई पटक यो बाटो छिचोल्दै तिब्बतको मानसरोवर पुग्दा आफूले महसुस गरेका र भेटेका कुरा यहाा राख्न सान्दर्भिक ठानेको छु। तिब्बती पठारसाग जोडिएको लिपुलेक र कालापानी दार्चुलाको पश्चिमोत्तरी त्रिदेशीय सीमा जोड्ने व्यास गाविस हो। व्यास गाविसमा रहेका दुई गाउा छांगरु र तिंकरमा वर्षको ६ महिनामात्र मानव बसोबास हुन्छ।  
नेपालतिरको बाटो स्तरीय नहुादा यी गाउामा जान अझै पनि भारतको धार्चुला प्रशासनले दिएको बाटो अनुमति पत्र बोकी दुई दिन कालीकिनारको घट्टे बगरसम्म २८ किलोमिटर जिपमा हुइाकिएपछि नदीकिनारमा रहेका चट्टान काटी बनाएको डरलाग्दो बाटो बाट लामारी बुंदी र उच्च समस्थली मैदान छियालेक र गर्व्याङ हुादै कालीमा काठले बनेको सीमा पुल सीता पुल तरेर व्यासीहरू आ136ना गाउामा आउजाउ गर्छन्। यहाा जाने उपयुक्त मौसम भनेकै वर्षा सुरु भएपछि हो। यही बेला भारतले उनीहरूको सबैभन्दा खर्चिलो मानिने मानसरोवर यात्रा पनि सुरु गर्छ, कालापानी र लिपु भएर। तिब्बत वा मानसरोवरको यात्रा सुरु गर्ने नेपालीले बाटोभरि भारतीय फौज र उनीहरूका जासुसहरूको सामना गर्दै अघि बढ्नुपर्ने हुन्छ। यो बाटो हिाड्दा लाग्छ, मानौ भारत चीनसाग आफूले हारेको युद्ध बिर्साउन भएभरका फौज राखेर सन्तुष्टि लिन खोजिरहेको छ।  हरेक पाइलामा भारतीय फौज शंकालु दृष्टिले बटुवालाई घुरिरहेका हुन्छन्। वर्षाले हिाउ पगालेपछि व्यासीहरू व्यास पुग्छन् र चिसो बढ्न थालेपछि सदरमुकाम खलंगा झर्छन्। यो आउजाउलाई उनीहरूले उत्सवकै रूपमा मनाउाछन् जसलाई कुन्चा सर्ने भनिन्छ। व्यासीहरू भारतले अतिक्रमण गरेको कालापानी र लिपुलेकका प्रत्यक्षदर्शी हुन्। कुनै बेला उनीहरूको भेडा र चौरी चराउने कालापानीमा अहिले भारतीय फौजका बंकर र क्याम्प छन्, जहाा अहिले उनीहरूलाई नै जान दिइन्छ। व्यासी समाजमा रहेका बूढापाकाले अहिले पनि पुरानो कालापानी र लिपुको कथा भनिरहेका हुन्छन्।