Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

लोकनेता, लोकसरकार, लोकतन्त्र र संघीयताको अनुहार

२३ सोमबार , माघ २०७९३ बर्ष अगाडि

पार्टी र नेताहरूको अनुहार र चितवनमा किसानले सडकमा तरकारी फालेर गरेको किसान आन्दोलनको दृश्य उस्तै उस्तै लाग्छ । नेताहरूले कहिले पनि स्वदेश, स्वाभिमान, श्रमजीवी र आत्मनिर्भरतालाई महत्व दिएनन् । उनीहरूले जहिले पनि स्वार्थ हेरे, सत्ता र शक्ति आर्जनलाई महत्व दिए । ४ अर्वको तरकारी भारतबाट आउँछ र खपत हुन्छ, स्वदेशको उत्पादनलाई संरक्षण दिने नीति सरकारको छैन । किसानलाई कहिले पनि नेता र सरकारले सोधेनन्– तिम्रा समस्या के के छन् ? यिनै किसानका भोटले जितेर सत्तामा जाने, यिनै किसानलाई मर्माहत पारेर विदेशीलाई लाभ पु¥याउने । अब अति भयो । अत्याचार भयो ।
चितवनमा मेयर छिन् प्रधानमन्त्री पुत्री । उनले किसानका समस्या तत्कालै भन्न सक्थिन्, किन भनिनन् । यो परिदृश्य चितवनकी मेयर रेणु दाहालका लागि समेत लज्जावोध गराउने दृश्य होइन र ? अब किसानले आत्महत्या गर्नुपर्ने हो ?