Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राजदूतको शक्ति, नेपालको भक्ति

२३ सोमबार , माघ २०७९२ बर्ष अगाडि

काठमाडौं । म धेरै बोल्दिन, धेरै कार्यक्रममा पनि जान्न, बाँकी समय देश र जनताका लागि दिन्छु भनेका प्रचण्ड हरेक कार्यक्रममा पुग्न थालेका थिए । प्रधानमन्त्रीका अमूल्य समय सुशासनमा होइन, स्वामीभक्तिमा देखिन थाल्यो भन्ने प्रतिक्रिया विश्लेषकहरूबाट आउन थालेको छ ।
रत्नराज्य लक्ष्मी माध्यमिक विद्यालयमा चीनले केही शैक्षिक सामग्री हस्तान्तरण गर्ने भएछ । यसमा चिनियाँ दूतावासको अनुरोध आउनासाथ प्रधानमन्त्री सिन्धुपाल्चोक कुलेलम ठोकिहाले ।
त्यही क्षेत्रका सांसद अथवा कुनै मन्त्रीलाई पठाएको भए हुने कार्यक्रममा आफै दगुर्नुले चिनियाँ लाई शक्ति देखाउने, सरकारलाई भक्ति लेखाउने अवसर बनेछ ।
हामीले नेपाल सरकार भने पनि भारो–पश्चिमाले यो माक्र्सवादीको समर्थनमा बनेको माओवादी सरकार हो भन्ने तर्कलाई यो दृश्यले बल दिएको छ । सरकारका लागि कुन कार्यक्रम कति महत्वको भन्ने हेक्का पनि हुन छाडेको जस्तो देखिन थालेको छ । एयरपोर्टमा बीआरआई, पर्यटनको प्राथमिकतामा नेपाल परेन, समस्याका साथै भक्ति बढ्दैछ ।
@Spokesperson Of Chinese Embassy In Nepal
On Feb 3, H.E. Amb Chen Song participated the hand over ceremony of China-Aid Shree Ratna Rajya Secondary School, and 59th anniversary of the School with Rt. Hon. PM Prachanda. Amb Chen donated books, stationery and sports equipment, and met local law-makers and communities.