Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राष्ट्रको भविष्य अनिष्टकारी देखिदैछ

१६ सोमबार , माघ २०७९२ बर्ष अगाडि

काठमाडौं । १५ वर्षको लोकतन्त्रको कालखण्डमा कांग्रेस, कम्युनिष्टले आलोपालो सरकार चलाइरहेका छन् । यो अवधिमा नेतृत्वमा न राजनीतिक अडान, न कूटनीतिक सिप नै देखियो । यो अवधिमा देखिएको सत्ता खोसाखोस र सत्ताको लुछाचुँडीले देशलाई अव्यवस्था र अराजकताको भूमरीमा होमिदिएको छ । यहीकारण हो, विश्वका अनेक मित्रहरूले समेत अविश्वास बढाएका छन् । पत्यार गर्न छाडेका छन् ।
नेपालका राजनीतिक व्यक्ति र शक्तिहरूले राष्ट्रिय हित हेरेनन्, सिद्धान्तमा अडिएनन्, नैतिक मूल्यको अपमान गरे, संसदीय अनुशासन र मर्यादालाई समेत स्वार्थको बली चढाए । यस्ता नेताको भर गर्न नसकेरै हो, आफ्नो सुरक्षा, आफ्नो कूटनीतिक र सामरिक चासो संवोधन गर्न शक्तिराष्ट्रहरू नेपालमा आफै अग्रसर हुनुपरेका हो ।
शक्ति राष्ट्रहरूले उपस्थितिमात्र जनाएका छन् । आधारमात्र खोजेका छन् । अझै अगाडि बढ्ने अवसर पाए, उनीहरूको स्वार्थको संवोधन नेपालले गर्न सकेन, नेपालको त्यो क्षमता देखिएन भने नेपालको स्थिति कहाँ पुग्ला ? नीतिकारहरू छन्, एक से एक विश्लेषक र विचारक पनि छन् तर तिनले राजनीतिक दलपतिहरूलाई, राज्यसञ्चालकहरूलाई मार्ग देखाएका छैनन् । कतै नेपला असफल हुने त होइन ?
बेला छँदै याँली ब्याँली नगरौं, जुनेली रातमा बिस्कुन सुकाएर सुक्दैन, बुझौं ।