Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चिनिया राजदूत चेनले के कति देलान् चीनलाई देन ?

०९ सोमबार , माघ २०७९२ बर्ष अगाडि

काठमाडौं । पुस २४ गते नेपालका लागि चीनका २२औं राजदूत चेन सोङ नेपाल आइपुगे । उनले एयरपोर्टमै बताए– केही दिन आइसोलेसनमा बस्नेछु । तर महामहिम राजदूतलाई थाहा भयो कि राष्ट्रपतिको कार्यकाल समाप्त हुँदैछ ।
होम आइसोलेसनमा नबसी महामहिम राजदूतले पर्सिपल्टै परराष्ट्र सचिवलाई भेटेर ओहदाको प्रमाणपत्र बुझाउने समय निर्धारण गरिदिन आग्रह गरे । जनवरी १३ अर्थात् पुस २९ गते उनले राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र बुझाएर गार्डअफ अनर लिंदै कार्यभार सम्हाले ।
जनवरी १६ अर्थात माघ २ गते प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेर दुई देशवीचको सम्बन्ध प्रगाढ बनाउन र आपसी सहयोगका विषयमा समेत विषयमा छलफल गरे । यही मौकामा चीनका राष्ट्रपतिले पोखरा विमान दुर्घटना विषयमा पठाएको समवेदना प्रकट गरे ।
भोलिपल्ट जनवरी १७ अर्थात माघ ३ गते डिप्लोमेटिक कप्र्सका डिन कतारका राजदूत युसुफ बिन मोहमद अहमद मोहमद अल हेलसँग शिष्टाचार भेट गरेपछि राजदूतको सक्रियता बढ्यो ।
यसपछि राजदूत सोङले माघ ४ मा उच्चस्तरीय संयन्त्रका प्रमुख तथा एमाले अध्यक्ष केपी ओलीसँग कर्टसीकल हाजिरी जनाए । यस अवसरमा आपसी सम्बन्ध र चीनको र एमाले, नेपाल र चीनवीचको सम्बन्ध विषयमा छलपल गरियो । जनवरी १८ अर्थात माघ ४ गते राजदूत चेन सोङले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग राष्ट्रिय सभामै पुगेर भेटवार्ता गरेका थिए । यो समयमा नेपाल र चीनको व्यवस्थापिकाको विषयमा आपसी सम्बन्ध विकसित गर्ने बारेमा दुवैले छलफल गरेको चिनियाँ दूतावासका प्रवक्ताले प्रष्ट पारेका छन् ।
जनवरी २० अर्थात् माघ ६ गते पूर्वप्रधानमन्त्री शेरवहादुर देउवासँग भेट गरेका छन् । सोही दिन राजदूत महोदयले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा.बिमला राई पौड्याल र परराष्ट्र सचिव भरतराज पौड्यालसँग भेटवार्ता गर्न भ्याए ।
चिनियाँ दूतावासले यी हरेक भेटवार्तामा दुई देश र दुई पार्टीवीचका सम्बन्ध बारेमा विचार आदानप्रदान गरिएको जनाएको छ ।
ओहदाको प्रमाणपत्र बुझाउन जाँदा महामहिम राजदूत सैनिक सहचारी, दूतावासका वरिष्ठ कूटनीतिक अधिकारी सहित ४ जना राष्ट्रपति भवन पुगेका थिए र  सामुहिक फोटो खिचेर सार्वजनिक गर्न भ्याए । अर्थात नेपालमा चीनको प्रभाव सबैको जानकारीका लागि प्रेष्ति गर्न भ्याए ।
आश्चर्य लाग्दो दृश्य त के देखियो भने हरेक भेटमा राजदूतले केही न केही पढ्ने सामग्री उपलव्ध गराएका थिए । ती कम्युनिष्ट चीनको प्रगतिको रहस्य दिइएको थियो कि अन्य कुनै पाठ पढाइएको थियो । भन्नलाई चीनमा नयाँ वर्ष सुरू भएकाले पाठ्य सामग्री उपहारमा दिइएको भनिएको छ । प्रधानमन्त्री, एमाले अध्यक्ष, परराष्ट्रमन्त्री र कांग्रेस सभापतिलाई त मोटै पुस्तक उपहार दिइएको छ । स्मरणीय छ, राजदूतले के होमवर्क दिए, हाम्रा नेताले के सिके होलान् ।