Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

हाम्रो नेतृत्व यी सालिक घोडाजस्तै छन्, कहिले दगुर्दनन्

०९ सोमबार , माघ २०७९२ बर्ष अगाडि

टुँडिखेलको चारै कुनामा ठिङ्ग उभिएको जुद्धशमशेरको घोडा चढेको सालिक जसरी एक पाइला अघि बढ्न सक्दैन, सत्तालोलुप संसद र सरकार पनि सिंहदरवार र शितलनिवासको राजखान्कीमा टक्क अडिएको छ । चलायमान देखिन्छन्, खानका लागिमात्र । देशमा समस्याको पहाड छ, बुख्याँचाजस्तो सिंहदरवारमा ठडिएको सरकारले त्यो पहाड सालिकजस्तो ठिङ्ग उभिएको सरकार जिवन्त नभइकन लाघ्ने सक्दैन । जिवन्त हुने कहिले हो कुन्नी ? सालिक संसद, सालिक सत्तापिपासु नेतृत्वमा बस्ने सबैलाई शक्ति र सम्पत्ति चाहिएको छ । शक्तिका लागि बेइजिङदेखि दिल्लीसम्म, भेटिकनदेखि वाशिङ्टनसम्म झुक्न र लम्पसार पर्न सक्छन् हाम्रो नेतृत्व । आफैले जारी गरेको संविधान, अँगालेको लोकतन्त्रप्रति इमानदार बन्न सकेनन् । आफ्नै राजनीतिक विरासतप्रति अडान छैन, अपनत्व छैन, गौरव छैन । सीप छैन । यसकारण त वैदेशिक पत्यार खस्कदै गएको छ । यो बहुलठ्ठी ताल र हाँस न कुखुराको चालले नेपाल कहाँ पुग्ला, सम्झना पनि कहाली लाग्ने अवस्था आइसकेको छ ।