Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

घरबुना– ७६१ सरकारमै लागू गर

०२ सोमबार , माघ २०७९४ बर्ष अगाडि

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाभित्रै बुनाएर महिला कर्मचारीले घरबुना खाडीको फरियाको ड्रेसकोड सुरू गरेको देखियो । यी महिलाहरूले ‘लौ हामीले घरबुना खाडीको फरिया नगरपालिकाको महिला जनप्रतिनिधिबाट ’ड्रेस कोड’ को रूपमा शुरू गर्यौं है ।’ भनेर गौरव गरेको पढ्न, देख्न र सुन्न पाइयो । यस्तो उद्यम  ७ सय ६१ सरकारमै सुरू हुनुपर्छ । यो हो आर्थिक उन्नतिको जग । सिंहदरवार, संसद र शितल निवासले यो अभियानलाई राष्ट्रिय अभियानका रुपमा सुरु गर्नु जरूरी छ । सकिन्छ सुरक्षा निकायमा, सकिन्न सुरूआत ७२ हजार निजामती, सबै पालिका सरकारसम्म अभियान चलाउन सके आर्थिक उन्नतिको ढोका खुल्न सक्छ । रोजगारी बढ्छ । नीति निमार्ताले ध्यान दिउन् ।