Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा काश्मीरीलाई आश्वासन

२१ बिहिबार , पौष २०७९४ बर्ष अगाडि

पाकिस्तानका राष्ट्रपति र प्रधानमन्त्रीले कश्मीरीहरूलाई उनीहरूको न्यायपूर्ण संघर्षमा पाकिस्तानको निरन्तर समर्थनको आश्वासन दिनुभएको छ ।
 
पाकिस्तानका राष्ट्रपति डा आरिफ अल्वी र प्रधानमन्त्री शहबाज शरीफले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रासंगिक प्रस्तावहरू बमोजिम काश्मीरीको आत्मनिर्णयको अधिकारको लागि कश्मीरीहरूलाई उनीहरूको न्यायसंगत संघर्षमा पाकिस्तानको निरन्तर राजनीतिक, कूटनीतिक र नैतिक समर्थनको आश्वासन दिनु भएको हो ।
काश्मिरीहरूको आत्मनिर्णयको अधिकार दिवसको सन्दर्भमा छुट्टाछुट्टै सन्देशमा उनीहरूले विगत ७४ वर्षदेखि भारतको गैरकानूनी रूपमा कब्जा गरेको जम्मु–कश्मीरका उत्पीडित जनताले आफ्नो अधिकारको प्रयोग गर्न नसकेकोमा दुःख व्यक्त गरेका छन् ।
उनीहरूले भनेका छन् कि भारतले व्यापक मानवअधिकार उल्लङ्घनका साथ कश्मीरीहरूको स्वतन्त्रताको इच्छा तोड्न दमन जारी राखेको छ।

राष्ट्रपतिले आफ्नो सन्देशमा भनेका छन्, ५ अगस्त २०१९ देखि, भारतले आफ्नो भूमिमा कश्मीरीहरूलाई अल्पसंख्यकमा परिणत गर्न अवैध रूपमा कब्जा गरेको जम्मू र कश्मीरको जनसांख्यिकीय संरचना परिवर्तन गर्ने दुष्ट अभ्यासमा संलग्न भएको छ।

प्रधानमन्त्रीले आफ्नो सन्देशमा कश्मीरीहरूको आत्मनिर्णयको अधिकार दिवस मनाउनुको उद्देश्य विश्व समुदायलाई उत्पीडित कश्मीरी जनताप्रतिको आफ्नो जिम्मेवारी स्मरण गराउनु रहेको बताएका छन्।

उनले संयुक्त राष्ट्र संघलाई आफ्नो प्रतिबद्धताको सम्मान गर्न र आत्मनिर्णयको लागि कश्मीरीहरूको संघर्षलाई समर्थन गर्न पुनः आग्रह गरे।