Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

टोपी दिवसका दिन ‘घरबुना फरिया’

१८ सोमबार , पौष २०७९२ बर्ष अगाडि

काठमाडौं । चेली अनिता लामाले सामाजिक सञ्जाल मार्फत बिग्रदो आर्थिक अवस्था सुधार्न ‘घरेलु उद्योग’ प्रवद्र्धनका लागि झकझक्याएकी छिन् । अनिता लामा लेख्छिन्– हामी छोरीहरू चाहिं ‘घरबुना फरिया दिवस’ मनाउन शुरू गरौं न है । सस्तो, स्वस्थकर हुनुका साथै घरेलु श्रम, सीपको प्रवद्र्धनमा टेवा पुग्छ नि । जय राष्ट्रियता ।
यिनै नेताले बुटवल धागो कारखाना, हेटौंडा कपडा कारखाना समाप्त बनाए । ७० हजार निजामती कर्मचारी, सेना, प्रहरी, सशस्त्रमा ड्र्ेसकोड लागू गरेका छन् । स्वदेशमै उत्पादित यस्ता घरेलु कपडा सरकारीस्तरमा र छोरा छोरीलगायतका नागरिकले उपयोग गरे अरवौं रूपैयाँ बचत हुने र आयात प्रतिस्थापन पनि हुनेछ । राष्ट्रियताको कुरा गर्नेहरू टाइसुट, विदेशी कपडाको दौरासुरूवाल वा जातीय पहिरन पहिरेर कसरी राष्ट्रिय अर्थतन्त्र बलियो हुन्छ र ? यस्ता साना तर महत्वपूर्ण सुझावलाई सरकारले सुनोस् ।