Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

१६ वर्षपछि राष्ट्रिय एकता दिवस

१८ सोमबार , पौष २०७९४ बर्ष अगाडि

काठमाडौं । यसवर्षको पुस २७  विशेष हुनेछ । जनयुद्धपछिको परिवर्तनमा भएको केही गल्तीहरु सच्याउने दिन पनि यही हुनेभएको छ । पृथ्वी जयन्ती मनाउने भएपछि अब हिन्दुराष्ट्र र राजतन्त्रलाई स्थान दिने र संघीयता खारेज गर्नेतिरको निर्णय यही हुनेछ ।
बाँकी जीवन देश र जनताका लागि समर्पण गर्छु भनेका प्रचण्ड प्रधानमन्त्री भएपछि १६ वर्षअघिको कृष्णप्रसाद सिटौलाले गरेको गल्ती सच्चिदैछ भने अरु अवैधानिक र ऐतिहासिक भूलहरु पनि सच्चिने आशा राख्न सकिन्छ । आज आर्थिक र वैदेशिक चक्रब्यूहको समस्या झेलिरहेको नेपाललाई चाहिने नै राष्ट्रिय एकता दिवस हो । यो निर्णयले राप्रपा अथवा अरुको जीत होइन, नेपालीको अपेक्षाको जीत मानिनु पर्छ ।
प्रधानमन्त्री प्रचण्डजी नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको फोटो राखेर मात्र पुग्दैन, नेपाल र नेपालीको अस्तित्वरक्षामा सबैलाई समेट्ने काम गरौं ।