Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

जनकपुरमा ‘राजा आउ, देश बचाउ’ नारा लाग्यो

११ सोमबार , पौष २०७९२ बर्ष अगाडि

‘नेपाललाई चिनौं, नेपाललाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं, नेपालकै हितका खातिर र नेपाली शैलि अंगालेर नेपाल उज्यालो बाटोतिर लैजाऔं सबैसंग सधैं हामीले गर्दै आएको यही आग्रह हो ।’ एक्कासी पुस ९ गते जानकी मन्दिर, जनकपुर पुगेर पूर्वराजाले राम जानकीको पूजाअर्चना गर्नुभएको छ ।
जाडो छल्न झापा पुगेका पूर्वराजा एक्कासी किन जनकपुर पुगे ? किन महन्तहरूले भव्य स्वागत गरे, किन राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने नारा घन्कियो ? सत्ता स्वार्थमा लागेका राजनीतिक नेताहरूले यसको भनकसम्म पनि पाएनन् ।
मन्दिरका महन्तहरूले पूर्वराजालाई सम्मानपत्र पनि चढाएका छन् ।
स्रोत भन्छ– यो नितान्त धार्मिक भ्रमण हो । यसमा राजनीति मिसाउनु अनर्थ निकाल्ने प्रयत्न हो । निर्वाचन लगत्तै मंसिर ६ गते झापाको दमकस्थित हिमालय गुडरिक चिया बगान पुग्नु भएका पूर्वराजा जनकपुर पुगेको र स्वागत कार्यक्रमले तरङ्ग उत्पन्न भएको छ ।
पूर्वराजा शाह जनकपुर पुगेको खबर सार्वजनिक हुनासाथ राजतन्त्रवादी नागरिक, धार्मिक संघसंस्थाका पदाधिकारी र प्रतिनिधिहरू, सन्त, महन्त तथा सामाजिक अभियन्ताहरू समेत स्वागत गर्न र भेटवार्ताको आकांक्षा राख्दै जनकपुर पुगेका थिए । तिनीहरूसँगै स्थानीय मधेशका नागरिकले समेत राजाको जयजयकार नारा घन्काएका थिए ।
दशैंको सन्देश दिएपछि गुमनाम रहनुभएका पूर्वराजा र राजपरिवार एकाएक राजनीतिक क्षेत्रमा चर्चाको मुख्य विषय बनेको छ ।