Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गणतन्त्र किन असफल, जवाफ देउ

११ सोमबार , पौष २०७९२ बर्ष अगाडि

काठम\डौं । नेपाल विश्वशक्तिको मल्लयुद्धको मैदान बन्न थालेको छ । राष्ट्रका नेताहरूले राष्ट्रिय स्वार्थहरूलाई सत्ता, शक्ति र सम्पत्तिका लागि प्यादाका रूपमा प्रयोग गरिएको छ । सत्ता र शक्तिको भागबण्डामा बिजयी हाँसो हाँसिरहेका नेताहरू सच्चिने लक्ष्यण देखाएनन् । जनताले परिवर्तन खोजेको संकेतका रूपमा दिएको मतादेशको अर्थ पनि बुझेनन् । जनताको धैर्यको बाँध फुटेको सन्देश मतदानबाट दिएका छन्, यसलाई पनि गलत अर्थमा लिएका छन् । नेतृत्वको नजर मात्र सत्ता र शक्तिमा छ, जनअपेक्षातिर छैन । जिद्दी, अहंकारी, आत्मकेन्द्रित भएका छन् नेतृत्वबर्ग । मानौं राजनीति भनेको ठूला दल र नेताको मौजा हो, बाँकी सबै हलीगोठाला हुन् ।
बिगत १५ वर्ष गलत थियो, ०७४ को चुनावपछि पनि गलत नै गरे, ०७९ मंसिर ४ को निर्वाचनपछि सच्चिएलान् भनेको, सच्चिने स्वभाव देखाएनन् । भ्रष्ट र अनैतिक राज्यसञ्चालनमा सुधार आउँछ भन्ने आशा झन झन मरेर गयो ।
जनादेश जनताले दिए, सत्ता दिल्ली र बेइजिङले निर्माण गर्नु भनेको नेतृत्व बर्गको अकर्मण्यता हो । आत्मसमर्पणवाद हो । राजनीति नराम्ररी लत्रियो ।
थिङ्क टेङ्क छन्, प्रवुद्ध बर्ग र नागरिक समाज छ, अधिकारकर्मी पनि छन्् भने देशको स्वत्व यसरी लत्रिदै गएको तमासा हेरिरहनु भएन । विश्वशक्तिशाली मूलरूपमा त्रिदेशीय भूराजनीति र अर्थराजनीतिको सन्यासोले नेपाल च्यापियो, यसबाट भुक्ति र मुक्ति कसरी दिने ? कसले दिने ? अहं प्रश्न यही हो ।