Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सलाम मात्र गर्ने, सलामी मात्र दिने ?

०४ सोमबार , पौष २०७९४ बर्ष अगाडि

काठमाडौं । नेपालीको गौरवपूर्ण गाथा भएको संस्था हो नेपाली सेना । देशका सीमा मिचिदा, कुशासन र भ्रष्टाचारको दलदल भइसक्दा, राजनीतिमा नीति, नैतिकता र जवाफदेहीता शून्य भइसक्दा पनि सेना सूचना मात्र लिएर र सरकारको आदेश कुरेर बसेको देख्ने आमनागरिकको प्रश्न छ– सेना किन, कसका लागि ? सेनाले देश र जनताको नमकको सोझो गरेको यही हो ?
अर्थात् नेपाली सेनाको भूमिकाको खोजी हुनथालेको छ । सेना विकास निर्माणमा छ, सेना शान्ति सेनामा छ, सेना आपतविपत पर्दा खटिएको छ तर नेपाली सेना नेपालको सीमा मिचिदा र शासन प्रशासनमा नेपाल र नेपाली जनताप्रति राजनीतिक अपराधिकरण बढ्दा सलाम गरेर र सलामीमात्र दिएर बस्न मिल्छ ? नेपाली सेनाले आफैभित्र आत्मसमीक्षा गर्ने बेला भएन र ?