Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नैतिकता खोक्ने, अनैतिक बोक्ने

०४ सोमबार , पौष २०७९२ बर्ष अगाडि

काठमाडौं । राष्ट्रपतिले पुस ३ गते कुनै दललाई पनि स्पष्ट बहुमत प्राप्त नभएकाले धारा ७६(२) अनुसार नयाँ सरकार गठन गर्न सात दिनको म्याद दिएकी छिन् । दुई वा दुईभन्दा बढी दलको समर्थनमा १३८ को बहुमत जुटाउन सांसद प्रधानमन्त्री बन्नेछन् । राष्ट्रपतिले ३० दिनभित्र संसदको बैठक बोलाउनु पर्नेछ ।
प्रधानमन्त्री बन्ने होडबाजी सुरू भइसक्यो ।
जो प्रधानमन्त्री बनेपछि समर्थकले ढुक्कले राष्ट्रपति, उपराष्ट्रपति, मन्त्री, सभामुख, उपसभामुख, प्रदेशसभादेखि संवैधानिक नियुक्तीमा दामासाहीले भाग पाउनेछन् । सत्ता र शक्तिकै स्वार्थका लागि नीति, नैतिकता, सिद्धान्त, विचार सबै त्यागेर सबै मिल्छन् । आदर्श, विचार भन्ने सवाल त जनताको आँखामा छर्ने भ्रम न हो ।