Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चिनिया जहाज किन्न कवाडीवालाको घुइचो

२६ सोमबार , मंसिर २०७९२ बर्ष अगाडि

काठमाडौं । सन २०१२ अर्थात ११ वर्ष अघि चीनसँग १७ सिटे चार थ्ज्ञद्दभ्, ५६ सिटे दुई ःब्टण् किनिएको थियो । एउटा दुर्घटना भएर चल्न नसक्ने अवस्थामा थियो भने ५ चल्न सक्ने तर चलाउँदा घाटा हुने भएकाले लामो समयदेखि थन्किएका छन् ।
थन्क्याउँदा ठाउँ लिने, चलाउँदा घाटा हुने भएपछि नेपाल एयरलाइन्सले भाडामा पनि लगाउन नसकेको कारण देखाएर यी पाँचै जहाजलाई विक्री गर्ने निर्णय गरेको छ ।
विश्लेषकहरू भन्छन्– हचुवाको भरमा यी जहाज किन किनियो, चलाउन नसकेको भनेर किन बेच्ने निर्णय गरियो ? यसका जिम्मेवारहरू को को हुन् ? कमिशनको लोभमा खरिद गर्ने र कमिशन खाएपछि निगमलाई डुबाउने तत्वहरूमाथि कारवाही नहुँदा र कमिशन खानपाएपछि राजनीतिक प्रभावमा गल्ती, कमजोरी, अपराधलाई छोपछाप र संरक्षण गर्नाले नेपाल एयरलाइन्स सेतो हात्ती बन्नपुगेको हो । लोकतन्त्र हाँक्नेहरूले कि त सरकारी संस्था कौडीको भाउमा बेच्छन्, कि त यसैगरी कमिशन खाएर र भर्तीकेन्द्र बनाएर संस्थालाई चल्नै नसक्ने गरी थला पार्छन् । यसरी पनि समाजवाद आउँछ ?
नेपाल एयरलाइन्सलाई निजीकरण गर्ने षडयन्त्रका कारण शनैःशनैः नेपाल एयरलाइन्सलाई सिध्याउने र ग्राउण्डेड अवस्थामा पु¥याउन खोजिएको त होइन ?