Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

केशर पुस्तकालयको आन्द्राभु“डी, बुद्धिको बिजोग

२६ सोमबार , मंसिर २०७९२ बर्ष अगाडि

काठमाडौं । गठबन्धन सरकारले केशर पुस्तकालयका महत्वपूर्ण पुस्तक, कागजातहरू रद्दीको भाउमा बेच्न लागेको छ ।
भूकम्पले राष्ट्रिय पुस्तकालय, केशर पुस्तकालय चिरा परेको र भत्किएको अवस्थालाई ७ वर्षसम्म पनि संरक्षण गर्न सकेन । यो अवधिमा खर्बौंका भ्रष्टाचारका काण्ड भए, शैक्षिक र महत्वपूर्ण कागजातको संरक्षण गर्नुपर्छ भन्ने हेक्का शीर्ष नेता, सरकार र शिक्षामन्त्रीलाई समेत आएन ।
शिक्षा मन्त्रालय कस्तो हो ? भवन ठेकेदारलाई पुनःनिर्माणगर्दा यस्ता कागजात बेचे हुन्छ भनेपछि ठेकेदारले खाली शिशी पुराना कागज भन्नेलाई बिक्री गर्न लागेको हो । भनिन्छ, यी कागजातहरू ऐतिहासिक डकुमेन्ट हुन्, साह्रै महत्वपूण छन् । बोरामा वर्षौं कोचेर राखिएकाले भिजेका, ओसिएका र ठिकै भएका कागजातसमेत घाममा सुकाएर बेच्ने प्रवन्ध गरिएको छ ।कागजात अत्यन्तै महत्वपूर्ण छन् । यी कागजका थुप्रा केशर पुस्तकालयका आन्द्राभुँडीजस्ता लाग्छन् । बुद्धिको, इतिहासको, रेकर्डको यो कन्तबिजोगले कसैलाई घोचेन ।