Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कांग्रेस र कम्युनिष्ट सत्ता र संसदमा सिमित

१९ सोमबार , मंसिर २०७९२ बर्ष अगाडि

२०७९ मंसिर ४ को निर्वाचनले कांग्रेसको केही सिट बढेको देखियो, नयाँ पार्टी र केही नयाँ अनुहारले व्यापक जनमत प्राप्त गरे । यो आफैमा उत्साहजनक छ ।
तर नेपाली कम्युनिष्टहरू, राताम्मे हिमाल भन्नेहरू संसद र सत्तामा खुम्चिन पुगेका छन् । जुन प्रकारको निर्वाचन परिणाम आएको छ, यसबाट सत्ता, शक्ति र प्रतिनिधित्व समेत परिवर्तन हुनथालेको संकेत गरेको छ । स्थापित दलहरूले नयाँ आएका व्यक्ति र पार्टीका सामु झुकेर सर्मन खोज्न जानुपर्ने स्थिति भनेको स्थापित नेतृत्वको पूण असफलता नै हो ।
पहिले ६ राष्ट्रिय दल थिए, यो निर्वाचनपछि ७ राष्ट्रिय दल हुनेछन् भने अन्य ३ भुरे टाकुरे तर स्थापित दलले झुकेर समर्थन लिनुपर्ने अवस्था जनताले सिर्जना गरिदिएका छन् । रमाइलो कुरो के छ भने ०७४ को चुनावपछि संसदमा दुईतिहाइ रहेका कम्युनिष्ट घटेर अल्पमतमा पुगेका छन् भने गैरकम्युनिष्टको बहुमत पुग्ने स्थिति देखिएको छ । प्रत्यक्षतर्फ कांग्रेस ५७, राष्ट्रिय स्वतन्त्र पार्टीको ७, राप्रपा ७, जसपा ७, जनमत १, लोसपा ४, नागरिक उन्मुक्ति पाटी३, स्वतन्त्र कांग्रेसका अमरेश १ छन् । यसमा समानुपातिकको स्थिति एमाले ३४, कांग्रेस ३२, माओवादी १४, राष्ट्रिय स्वतन्त्र १३, राप्रपा ७, जसपा ५, जनमत ५ रहेका छन् ।
अर्थात गैरकम्युनिष्टको आश्चर्यजनक बढोत्तरी भएको छ । यद्यपि गैरकम्युनिष्टको सरकार बन्नसक्छ, तर बन्दैन । कसैले गठबन्धन छाड्नुपर्ने, कसैले कांग्रेस गठबन्धनमा आउनुपर्ने अवस्था रहेको छ । माओवादीले सत्ता गठबन्धनका सबै बिकल्प खुला राखेकाले प्रचण्ड अब बन्ने सत्ताको पनि किङ्पिङ बन्न चाहन्छन् ।
नयाँ गठबन्धन हुन्छ वा हुन्न, भन्न सकिदैन । तर ५ दलीय गठबन्धन वार्तामा जुटेका छन् ।
एमालेले यो चुनावमा धेरै गुमाएको छ । यद्यपि लोकप्रिय मत एमालेकै बढी छ । यो चुनावले पार्टी फुटाएका नेकपा स अर्थात माधव नेपाललाई राष्ट्रिय पार्टीका रूपमा स्वीकार गरेनन् । यद्यपि प्रत्यक्षमा नेपालको पार्टीले १० सिट जितेको छ । यही आधारमा देउवा, प्रचण्ड र माधवले २, २, १ वर्ष सत्ता चलाउने कुरा अघि बढाएका छन् । जेहोस्, फैलिएका कम्युनिष्ट साँघुरिन पुगे ।