Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

नेपालको एयरपोर्टमा भारतीय सुरक्षा जाच चौकी किन ?

१९ सोमबार , मंसिर २०७९२ बर्ष अगाडि

काठमाडौं । नेपाली एयरपोर्टमा भारतीय सुरक्षा जाँच ! योभन्दा आश्चर्य के हुनसक्छ ? नेपाल स्वतन्त्र र सार्वभौम मुलुक हो । स्वतन्त्र मुलुकमा देशको सार्वभौमिकतामाथि नै चुनौति हुने गरी अर्को देशले सुरक्षा जाँच गर्छ भने निश्चित रूपमा त्यो, अतिशयोक्ति हो । हस्तक्षेपको पराकाष्ठा हो ।
तर लोकतन्त्रवादी हुँ भन्नेहरूका लागि यो पाच्य भइरहेको छ । सन १९९९ मा नेपालबाट भारतीय विमान अपहरण भयो, त्यसपछि केही समय भारतीय विमान नेपाल आएनन् । भारतले आफ्नै सुरक्षा जाँचपछिमात्र विमान चलाउने निर्णय गरेपछि नेपालले अनुमति दियो । त्यसपछि भारतीय विमान नेपाल आउन थाले । भारत वा भारत भएर अन्यत्र जाने यात्रुले पहिले नेपाली सुरक्षा जाँच गराउनुपर्छ, त्यसपछि विमानमा चढ्नु पूर्व आफ्ना पोका पन्तरा र शरीर जाँच भारतीय सुरक्षाकर्मीले गर्छन्, तवमात्र भारतीय विमानमा यात्रा गर्न पाइन्छ । यस्तो व्यवस्था भएको लामो समय भइसक्यो, यो दृश्य भारतको कपटपूर्ण व्यवहारको उदाहरणमध्येको एक हो ।
हुन त भारतले सधैं नेपालमाथि अतिक्रमण, हस्तक्षेप गर्ने गरेको छ । यसमा दोष भारतको भन्दा पनि भारतलाई खुशी नपारी सत्ता र शक्तिमा जान सकिन्न भन्ने हीन मनोग्रन्थी विकसित छ पुराना बुढा नेताहरूमा । त्यही हीनतावोधका कारण नेपालले आफ्नै सुरक्षाजाँचमा विमान चलाउनु पर्छ भन्न नसकेको हो । अन्य सबै मुलुकका जहाजमा नेपाली सुरक्षाजाँच मान्य हुने, सुरक्षित हुने तर भारतका लागि नहुने किन ?
यो अविश्वासभन्दा पनि बढी भारतको हस्तक्षेपकारी चरित्र बढ्दै जानु हो ।