Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सुकुम्वासीको खुकुरी

१९ सोमबार , मंसिर २०७९२ बर्ष अगाडि

काठमाडौं । महानगरले डोजर लिएर गएपछि बागमती किनारका सुकुम्वासी खुकुरी लिएर निस्किए । नगर प्रहरीका टाउको फुटाए । सुकुम्वासी भन्छन्– हामीलाई लालपूर्जा चाहिन्छ ।
सुकुम्वासीका लागि भनेर सरकारले नागार्जुनमा ठूलो घर निर्माण ग¥यो, जुन घरमा २२७ परिवार बस्न सकिन्छ । त्यतिबेला सुकुम्वासी २११ मात्र थिए ।
अहिले घर बनाएर भाडामा लगाउने, बाहिर घर भएर टहरमा बस्ने, डाक्टर विदेशमा पढाउने हैसियतका समेत सुकुम्वासी देखिए । भोट बैंकका रूपमा रहेका सुकुम्वासी समस्या बल्झिएको छ, सल्टाउन राजनीति तैयार देखिदैन । सुकुम्वासी आयोगले समेत स्थानीय सरकारलाई दपेट्न थालेको छ ।