Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

द्वन्द्वको शान्तिपूर्ण समाधानको प्रयास

०५ सोमबार , मंसिर २०७९२ बर्ष अगाडि

काठमाडौं । जो वाइडेनले पदभार ग्रहण गरेपछि र सी चिनफिङ्ले तेस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि कार्तिक २९ गते, १५ नोभेम्बर, २०२२ मा अमेरिकी राष्ट्रपति जो वाइडेन र चीनका राष्ट्रपति सी चिनफिङले इण्डोनेसियाको बालीमा भएको जी २० शिखर सम्मेलन स्थलमा हात मिलाए । ३ घण्टा लामो वार्तामा मैत्रीपूर्ण व्यवहार देखाए । विश्लेषकहरूले यो मैत्रीपूर्ण भेटवार्तामा दुबै देशले एकअर्काविरूद्ध ‘नयाँ शीतयुद्ध’ नगर्ने वाचा गरेको बताए । उत्तर कोरियाको मिसाइल परीक्षण र रूसले युक्रेनमाथि गरेको युद्धबारे पनि छलफल गरे । यो विश्वशान्तिका लागि सुखद समाचार बन्यो । विश्वशान्तिका लागि यो छलफल उत्साहवर्धक छ ।
तर अमेरिकी समाचार भन्छ– चीनले ताइवानमाथि आक्रमण ग¥यो भने त्यो दुःखद परिणामको जिम्मेवार हुनसक्छ । अमेरिका ताइवानलाई मित्र मान्छ, चीन आफ्नो भूभाग ठान्छ । दुबै मुलुकबीच ताइवान विवादको विषय हो । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि चीन अमेरिकाबीच विवाद चुलिएको छ । अमेरिकाले दक्षिण कोरियासँग मिलेर र चीनले ताइवान वरिपरि कडाखालको सैनिक अभ्यास गरिसकेको छ । दुबै विश्वशक्तिबीच रेड लाइन नतोड्ने सहमति भएको हो भने शीत युद्ध टर्न सक्छ ।
अमेरिकी अधिकारीहरू ताइवानमाथि चीनले आक्रमण गर्ने योजना अघि बढाउन सक्ने आशंका गरिरहेकै छन् । अमेरिकी अधिकारी भन्छन्–  हामी यस क्रस–स्ट्रेट समस्याहरू शान्तिपूर्ण ढङ्गमा समाधान भएको हेर्न चाहन्छौँ । त्यसो भएको खण्डमा आक्रमणमा त कहिल्यै पुग्नै पर्दैन । चीन अमेरिका दुबैले कुरा बुझेको हुनुपर्छ । यसैबीच छिटै अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले चीन भ्रमण गर्ने जानकारी सार्वजनिक भएको छ । यो भ्रमणमा ताइवानको बारेमा अमेरिकाको नीति र चीनको अडान बढी सुस्पष्ट हुनसक्छ । यस्ता भ्रमण र भेटवार्ताले सहजता बनाउँदै लैजानेछ ।