Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

२१ सय नेपालीको चिहानमाथि विश्वकप

०५ सोमबार , मंसिर २०७९२ बर्ष अगाडि

बिर्सिएको नेपाली टोली
न्यूयोर्क टाइम्सको अनुसन्धान लेख । कतारमा विलियन डलरको चम्किलो सुविधायुक्त विश्वकमप फूटबल हुँदैछ । २२० विलियन डलरको निर्माणका अपरिहार्य कामदारमा नेपाली पर्छन् । उद्घाटनदेखि डिसेम्बर १८ को समापनसम्ममा कतारले स्टार खेलाडीहरू, विश्व सेलिब्रेटीहरू, राष्ट्र प्रमुखहरू र एक अर्बभन्दा बढी टेलिभिजन दर्शकहरूलाई आकर्षित गर्नेछ । फूटबल हुने रङ्गशाला र सुविधासम्पन्न भवनहरू निर्माण गर्न नेपाली कामदारले कडा मेहनत गरे, १२ वर्षको अवधिमा २१ सय नेपालीले ज्यान समेत गुमाए । यद्यपि कैयौं कामदारले ज्याला पाएनन् । गर्नुसम्मको श्रम शोषण भएको छ ।
कतारको निर्माणमा कति कामदारले ज्यान गुमाए, यकिन तथ्याङ्क छैन । कतारले मरेकाहरूलाई सहज मृत्यु भनेर पनि शव फर्काएको छ । मानवाधिकारवादीले दासको जस्तो व्यवहार भएको र मृत्यु हुनेको संख्या हजारौं भनेका छन् । यति हुँदा पनि फिफाका अध्यक्ष जियानी इन्फान्टिनो बोलेका छैनन् । उनले बुझेको हुनुपर्छ कामदारलाई काम र ज्यालाको बढी महत्व हुन्छ । हो, वैदेशिक रोजगारीमा जान ेनेपालीका लागि कतार प्रमुख गन्तव्यमध्ये एक हो । जो ज्यूँदै जान्छन् र कफिनको बक्सामा बन्द भएर फर्कन्छन्, तिनलाई प्राकृतिक मृत्यु भन्नेमा नेपाल पनि सहमत छ । न्यूयोर्क टाइम्सका स्तम्भकार लेख्छन्– योभन्दा हृदयविदारक दृश्य के हुनसक्छ ?
जो परिवार पाल्न र घरव्यवहार धान्न कतार गए, तिनीहरूको अवस्था नाजुक छ, अझ मर्नेका परिवारजनमा समस्यामाथि समस्या थपिएका छन् ।
नेपाल सरकार अझै युवा निकासीका नयाँ नयाँ ढोका खोलिरहेको छ । ताकि रेमिटान्स आओस् र सहज रूपमा लोकतन्त्रलाई लूटतन्त्र बनाउन पाइयोस् ।