Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भित्रभित्रै के पाक्दैछ

२१ सोमबार , कार्तिक २०७९२ बर्ष अगाडि

काठमाडौं । नेपाल भारत र चीनको सुरक्षा चासोको लेन्समा छ । अमेरिका खुलेर नेपाल पसेपछि भारत मौन बसेर आफ्नो प्रभावलाई बढाउने र नेपालमा आफ्नो हैसियत कम नहोस् भन्ने रणनीति चलाइरहेको छ । चीनको उपस्थिति धेरै बाक्लो छ । अमेरिकासँग सम्बन्ध चिस्सिएपछि चीन आफ्नो सुरक्षाचासोलाई गम्भीर रूपमा बढाइरहेकै छ । यहीकारण नेपाल अघोषित नाकावन्दीमा छ ।
राजनीतिभित्रको राजनीति बुझ्नेहरू भन्छन्– नेपालको हैसियत बृद्धिका लागि भारत र चीनबीच एकमत बनिसकेको छ । नेपालका नेताहरू पश्चिमातिर बढी लहसिएपछि भारत मात्र होइन, चीन समेत सशंकित छ । नेपालमा चीनवादी नेता कोही देखिदैनन् । जसजसले एमसीसीको विरोध गरेका थिए, तिनले नै एमसीसी पारित गरेपछि चीनवादी कोही छैनन् भन्ने स्पष्ट भइसक्यो । नेपाली राजनीतिमा भारत छ, देखिन्छ । तर नेपालको राजनीतिमा भारतले चाहेजस्तो निर्णय नहुनसक्छ । हालैका दिनमा आएका अदालतका आदेशले समेत त्यतैतिर सोच्न बाध्य पार्छ ।
नेपालमा बिस्तारै निर्णायक पश्चिमाशक्ति बन्दै गएको छ । पश्चिमा शक्तिले चुनाव हुन्छ भने हुन्छ, चुनावका लागि प्रत्येक निर्वाचन क्षेत्रमा ३५ करोडका दरले आएको विषयले भित्रभित्रै निकै हल्लीखल्ली मच्चिएको छ । भारत सनन्न भएको छ ।