Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

दूधले नुहाएका नैतिक नेता हुन् त यी ?

२१ सोमबार , कार्तिक २०७९२ बर्ष अगाडि

एमसीसी किन पास गरियो, एसपीपी किन स्वीकार गरियो, जनतालाई अझै बताइएन । लुटिएको भूभाग फिर्ता लाउने कुरै छैन, असमान सन्धि खारेज गर्ने र इपीजी रिपोर्ट कुहिएको बारेमा पनि कुनै नेता बोलेनन् । नागरिकता विधेयक के हो, किन हो रहस्य नै छ । नेपाल फस्ट भन्ने परराष्ट्रनीतिमा विचलन के हो ?
३३ वर्षको बहुदल र १५ वर्षको लोकतन्त्र हाँक्ने यिनै नेता हुन् । यिनकै गल्ती कमजोरी, स्वार्थ र बेइमानीले मुलुक बेहाल भइसक्यो । यिनका भाषण सुन्दा लाग्छ, यिनीहरू दुधले नुहाएका, अरू सबै बेइमान हुन् । यिनको शासनमा कानुनी शासनमाथि राजनीतिक फर्मान हावी भयो । भ्रष्टाचार बढ्नुको कारण राजनीतिको अपराधिकरणले हो । जनतालाई अझै भ्रममा पार्ने खेलो चलिरहेको छ । नेताप्रति जनतामा विश्वासभाव छैन । भरोसा पनि छैन । तर जनता विकल्पहीन छन्, मतदान गर्न अभिशप्त छन् ।
राष्ट्र समस्यामाथि समस्याको थुप्रो बन्दै गएको छ । राष्ट्रिय समस्या समाधान गर्ने सामथ्र्य र साहस कुनै पनि दल वा नेतामा देखा पर्दैन । चुनौती बढेका छन्, चुनौतीसँग मुकाविला गर्ने नेतृत्व नेपालको खाँचो हो । राजनीतिका शीर्ष नेता यिनै हुन्, यिनैले भोलि प्रधानमन्त्री हुन्छु भनिरहेका छन् । प्रधानमन्त्री हुन सहज होला, राष्ट्रिय समस्याको पिलो निचोर्ने एजेण्डा कसैको प्रतिवद्धतामा भेटिन्न । जनादेशबाट निर्णय होस् ।