Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

पश्चिमा वेद, गीतातिर, हामी कता ?

१४ सोमबार , कार्तिक २०७९२ बर्ष अगाडि

काठमाडौं । अमेरिकी राष्ट्रपति जो वाइडेनले दीपावली गरे, दीपावली मनाए । राष्ट्रपतिकै अनुकरण गरेर नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले पनि दीपावली मनाए ।
विश्वशक्ति अमेरिकी राष्ट्रपतिले दीपावली मनाए, बेलायती प्रधानमन्त्री ऋषि सुनकले प्रधानमन्त्री नियुक्त भएपछि गीता हातमा लिएर सपथग्रहण गरे, लगत्तै परेको तिहारमा गाईपूजा गरे । क्रिश्चियन मुलुकमा हिन्दुधर्मप्रतिको यो आस्था र विश्वासले हिन्दुधर्म कति महान रहेछ भन्ने मान्यता फेरि एकपटक प्रमाणित भएको छ ।
हिन्दुधर्म सर्वधर्म समभाव राख्छ, सबैको धर्मसंष्कृतिको सम्मान गर्छ । योभन्दा भाइचारा, मानवीयताको राम्रो नमूना अरू के हुनसक्छ ।
पूर्वीय दर्शन र हिन्दुधर्मको आस्थाकेन्द्र नेपालमा धर्मनिरपेक्ष घोषणा गरेर धर्मका नाममा उपद्रो गर्नेहरूले यी शक्तिशाली व्यक्तिबाट सिकुन् ।
हिन्दुराष्ट्रमा संस्कृति र मान्यता पश्चिमीकरण हुँदै गएको छ । प्रधानमन्त्रीदेखि नेताहरूसम्म होलीवाइन खाँदैछन्, गरीबहरूलाई पैसा दिएर धर्मान्तरण गरिदैछ । यिनले सिक्न सकेनन्– सांस्कृतिक सद्भाव, सहिष्णुता एवम् स्वसंस्कृति प्रेमको यस्तो अपूर्व नमुना !
अङ्ग्रेजको मुलुकमा गाईपूजा, दीपावली, अहा कति मीठो संस्कृतिको उच्च सम्मान ।
हिन्दुत्वको प्राचीन संस्कृति र संस्कारको सम्मानले नै भातृत्व बढ्ने सन्देश पनि हो यो । पश्चिमा बेद गीता संष्कारमा लागे, हामी ?