Advertisement Banner
Advertisement Banner

१७ आइतबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

के सल्लाह दिन्छन् यी नामी सल्लाहकारहरू ?

३१ सोमबार , आश्विन २०७९४ बर्ष अगाडि

काठमाडौं । महानगरका मेयरले जे गरिरहेका छन्, जनताको साथ छ, सहयोग छ । तर भुइँमान्छेका रोजीरोटीको उपायको व्यवस्थापनमा उनी चुकेका छन्, जुन अपाच्य हुँदैछ । आलोचित छ ।
मेयर बालेन साहका सल्लाहकार विश्वमै नाम कमाएका विविध क्षेत्रका विशेषज्ञहरू छन् । ओमप्रकाश अर्याल, रेणु अर्याल, जगतमान श्रेष्ठ, भूपदेव शाह, कुमार जैन, नवीन भण्डारी । यी देखिने सल्लाहकार हुन् भने पर्दापछाडि बालेन साहको हात बलियो पार्ने थुप्रै सल्लाहकार र सहयोगीहरू रहेका छन् ।
यी सहयोगीहरूले मेयर वालेन साहलाई जुन तरिकाले काम गर्ने हौसला दिइरहेका छन्, त्यो प्रशंसनीय छ । मूल कुरो सडक पेटी अथवा ठेलागाडामा ससानो स्वरोजगार गरेर हातमुख जोर्ने बर्ग छ, तिनका लागि बैकल्पिक ठाउँ, समयको जोहो नगरी जसरी महानगरका बाहुबली प्रहरीले हमला, लछारपछार पारेको दृश्य सामाजिक सञ्जालभरि छरपस्ट भएका छन्, यो अमानवीय छ, वालेन साह र उनको सल्लाहकार टिमको ध्यान नपुगेको अवस्था हो । पेटी सफा गर्दा गरीवको पेटमाथि लात हान्नु मेयरले गर्ने काम होइन ।
हङ्कङ्, सिंगापुर, मलेसियामा पनि सडक, फूटपाथ व्यापार गर्ने बर्ग छन् । तर तिनलाई निश्चित समय तोकिदिएको हुन्छ । त्यो सीमा फूटपाथ व्यापारीले उल्लंघन गर्दैनन् ।
राजधानीमो पर्याप्त खाली ठाउँ छन् । पर्याप्त बिकल्पहरू पनि छन् । फूटपाथ, ठेलागाडीमा स्वरोजगार गर्ने बर्गलाई निश्चित समय र ठाउँ तोकेर तिनीहरूलाई व्यवस्थित गरेर कारवाही अगाडि बढाएको भए बालेन साह र उनको टिम आलोच्य हुनेथिएन ।
फुटपाथ खाली गराउनु ठिक, बिकल्प नदिनु बेठिक । रोजीरोटी खोस्नु र आतंकित पार्नु विकास, व्यवस्था होइन । महानगर र व्यवस्था आमनागरिकसँग जोडिनुपर्छ । असल नेता त्यही हो, जसले गलतलाई भत्काउन र जनताको रोजीरोटीमा ध्यान दिन्छ ।