Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

आमचुनाव कि यी दुईको भिडन्त ?

३१ सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

प्रचण्ड र ओली - दुबै कम्युनिष्ट । यी दुई नेता मिलेको पनि देखियो, मिलेर सरकार चलाएको पनि देखियो । एकदोस्राप्रति तिक्तता पोखेको पनि देखियो, मित्रतामा बाँधिएको पनि देखियो । यतिबेला एकदोस्रालाई खुइल्याउन कम्मर कसेर चुनावमा होमिएको देखिन्छ । नेताले दिन नसकेको राष्ट्रिय मुद्दाहरूको निकास दिनसक्ने कुन दल वा नेता रहेछन्, हेरौं, जनताले कस्तो जनादेश दिने हुन् ?
काठमाडौं । काठमाडौं । ०४६ सालपछिको बहुदल देउवाकै कारण भ्रष्टाचारकाल बनेको हो । लोकतन्त्र जनयुद्ध र जनआन्दोलनकारी पार्टीहरूकै कारण लूटतन्त्र बन्न पुगेको हो । हरेक ठूला नेता सत्तामा पुगे, ख्याति कमाए तर टिक्न सकेनन् । भुइँमा झरे । हुरी जसरी जनमतमा देखिए, जनविश्वासमा देखिए । हावासरी बहेर गए, जनघृणाका पात्र बने । आमनिर्वाचनको मुख्य घडीमा आइपुग्दा कुन नेताले चुनाव जित्छ, कुन नेताले हार्छ भन्न नसकिने अवस्था आयो । आमनागरिकको विश्वासको आधारमा कुनै नेता पनि खरो उत्रिएका छैनन् ।
यहीकारण हो, कुनै नेताले पनि भोटिङ मेसिनको प्रयोग हुनुपर्छ भनेनन् । कारण एउटै छ, बाहुबली, सत्ताको दुरूपयोग, लोभलालच, पैसाको खेलले चुनाव जितिन्छ भन्ने षडयन्त्र ।
हरेक नेता चुनाव हारिन्छ भन्ने शंकाले घेरिएका छन् । हरेक नेता कसरी चुनाव जित्ने भन्ने चिन्तामा छन् । कतिपय नेता त समानुपातिकको दुरूपयोग गरेर सुरक्षित बसेका छन् । यसमाथि चुनाव परिवारवाद, पैसावादले बद्नाम भइसक्यो । तैपनि लोकतन्त्रमा के कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा गम्भीरताका साथ बहस गर्न कोही तैयार छैनन् । सबैको ध्याउन्ना जसरी पनि सत्तामा पुग्ने र शक्तिशाली बन्नेमै केन्द्रीत छ । यही चरित्र ०४६ पछिका ३२ र लोकतन्त्रका १५ वर्षमा देखियो । राष्ट्रिय अवस्थ चिन्ताजनक भयो ।
मंसिर ४ को आमनिर्वाचन निर्वाचन कम प्रचण्ड र ओलीबीचको भिडन्त बढीजस्तो देखिन्छ । हुन त गठबन्धन बिरूद्ध एमाले छ । एमालेले पनि केही ठाउँमा राप्रपा, स्वतन्त्र, लोसपासँग गठबन्धन गरेको छ । त्यति भए पनि निर्वाचनमा असली भिडन्त माओवादी र एमालेबीचमै छ ।
यद्यपि ठूला नेताहरू कांग्रेसका देउवा, एमालेका ओली, माओवादीका प्रचण्ड, नेकपा सका माधव नेपाल, झलनाथ खनालले जितुन भनेर एकदोस्रा विरूद्ध कमजोर उमेदवार उठाएको देखिन्छ । तथापि कसले बढी सिट जित्ने, कसले बढी मत ल्याउने, को ठूलो पार्टी हुने र निर्वाचनपछि कसले सत्ता कब्जा गर्ने भन्ने प्रतिस्पर्धा र जोडघटाउ अहिले नै भइरहेको छ ।
नेपाली कांग्रेस सबैभन्दा बलियो पार्टी थियो । सभापति देउवाले प्रचण्डलाई छोड्न नसक्दा सतासी सिटमा उमेदवार दिएको छ । यसमा जित्ने कति ? माओवादी ५०, नेकपा स २० को भागबण्डा भएको छ । यो बुझेका देउवाको कथन छ– यो निर्वाचनमा कसैको बहुमत आउँदैन । मिलेर जाने संस्कृतिको विकास गरेका छौं । यता प्रतिपक्षी एमाले सम्पूर्ण शक्ति लगाएर कस्सिएको छ, चुनावपछि सत्तामा जाने तैयारी गर्दैछ ।
विश्लेषकहरू भन्छन्– यो चुनावले कसैलाई पनि बहुमत दिदैन । स्वस्थ प्रतिस्पर्धा गरेको भए अर्कै स्थिति आउनसक्थ्यो । अस्वस्थ प्रतिस्पर्धाले अस्थिरता बढाउनेछ, फेरि पनि ‘कालेकाले मिलेर खाउँ भाले’को संस्कारले नै मुलुक डुबाउने छ ।