Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गुम्यो आगनमै आएको अवसर

३१ सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

काठमाडौं । ७३ अमेरिकी अर्बपति आफ्नै ‘प्राइभेट जेट विमान’ लिएर घुम्न आए, नेपाल सरकारले तिनको कुनै वास्ता नै गरेन ।
नेपाल विश्वमै साहसिक पर्यटन, बुद्ध, सगरमाथाजस्ता आकर्षक विषयको गन्तव्य भएको नेपालले ती अर्बपतिको उत्सुकता संवोधन गर्ने प्रयास गरेको मात्र भए पनि पर्यटन उद्योगमा चमत्कारिक उछाल आउने थियो । लगानीमा आश्चर्यजनक बृद्धि पनि हुनसक्ने थियो ।
सरकार ५ करोडबाट ३ करोड लगानी गर्न सकिने भनेर निर्णय गरिरहेको थियो, विश्व अर्बपति आँगनमै आइपुग्दा तिनलाई पर्यटन र उद्योगमा आकर्षित गर्ने सुनौलो अवसर छोप्न सकेन ।
यो टोली अमेरिकी नेसनल जोग्राफिक सोसाइटीको विषयसमेत बोकेर आएका थिए । भियतनामबाट गत मंगलवार काठमाडौं अवतरण गरेको यो विमानका ७३ अर्बपति नेपालका विभिन्न गन्तव्य अवलोकन गर्न आएका थिए । मौसम खरावी थियो, तिनलाई रोक्न सकेको भए, नेपाल बसाइ छोट्याएर उनीहरू भुटान जाने थिएनन् । उनीहरू अपर मुस्ताङ्, चितवन जान चाहन्थे । तिनीहरूलाई हिमालय र विभिन्न क्षेत्र देखाउन सकिने थियो । तिनले नेपालको विषयमा बोलिदिंदा नेपालको पर्यटन फल्नेफुल्ने थियो । होटल द्वारिकाजमा बस्दा समेत चुनावमा व्यस्त भएको सरकारले चाल पाएन ।
२४ दिन घुम्ने अर्बपतिहरूको सूचीमा नेपाल १३ नम्बरमा थियो । यसको पूर्व जानकारी नेपाल सरकारले पाएको पनि हो । तर सरकारले यो भ्रमणलाई महत्व दिनुपर्छ भन्ने सोचेन, गृहकार्य पनि केही गरेन । उनीहरूको भ्रमण अमेरिकादेखि पेरू, चिली, आइसल्यान्ड, अस्ट्रेलिया, कम्बोडिया, नेपाल, भुटान, भारत, तान्जानिया, जोर्डन, मोरक्को हुँदै फर्कने कार्यक्रम थियो । टोली नेपाल आयो, मौसम खरावीको कारणले फर्के भन्न सकिन्छ तर सरकारले उनीहरूलाई महत्व दिएको भए स्थिति अर्कै हुनेथियो ।