Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

प्रचण्डविरूद्ध अब्दुस मिया

२४ सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

काठमाडौं । चितवनबाट गोरखा २ पुगेका प्रचण्ड ‘रेड जोन’ मै छन् । हुन त गत चुनावका बिजेता बाबुराम र हारेका नारायणकाजी दुबैको समर्थनमा उठेका प्रचण्डले जित्ने पक्का पक्की ठानिएको छ । तर जनताको मन र मत कसले बुझ्न सक्ला र ?
 प्रचण्डविरूद्ध एमालेका अब्दुस मिया उठेका छन् । मियाले इतिहास रच्न सक्छन् ।
१२ हजार भोटले जित्ने डडेलधुरामा शेरबहादुर देउवाले पैसा पेलेरै जित्नसक्ने आँकलन भइरहँदा देउवाविरूद्ध कर्ण मल्लले नैतिक दबाब दिइरहेकै छन् । यता झापा ५ मा एमाले अध्यक्ष केपी ओली, रौतहट १ मा माधवकुमार नेपालले चुनाव जित्ने अनुमान अहिले नै गरिएको छ । खतरा इलाम १ मा झलनाथ खनाल र एकपल्ट चुनाव जितेर मर्ने इच्छा छ भन्ने कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ मा चुनाव जित्लान् र ? भन्ने आशंका राजनीतिक बृत्तमा बाक्लिएको सुनिन्छ । बाबुराम पुत्री मानुषीलाई काठमाडौं ७ मा गठबन्धनले सघाउने छ, उनको चुनाव चिन्ह माओवादीको हो ।