Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कृषि औजार कारखानाको जिम्मा आविष्कार केन्द्रलाई

२४ सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

सरकारको प्रशंसनीय पहिलो निर्णय भनेको सरकारले पहिलो वर्षको बजेट दिनेगरी कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ । आविष्कार केन्द्रले कृषि औजार कारखानामा अनुसन्धान केन्द्र स्थापना गरी अनुसन्धान र तालिम समेत सञ्चालन गरी जनशक्ति उत्पादन गर्नु पर्ने जिम्मेवारी स्वीकार गरेको छ । केन्द्रका अध्यक्ष महावीर पुनले भनेका छन्– २०५९ देखि बन्द कारखानाको नसोचेको जिम्मेवारी पाइयो, पूरा गरिनेछ । भारतमा उत्पादन बिक्री गर्ने उद्देश्यको यो उद्योग अति राजनीतिकरणले बन्द भएको थियो ।
यो उद्योग रूसले नेपालका लागि बनाइदिएको उपहार उद्योग हो । वार्षिक ११ करोडसम्मको कारोवार हुने यो उद्योग बन्द हुँदा रोजगारीमात्र गुमाइएन, कुटो कोदालो, धान चुट्ने मेसिनसम्म आयात गर्नुपर्ने अवस्था छ । भन्सार भन्छ– वार्षिक २० अर्वको औजार आयात हुन्छ, स्वदेशमै भएका उद्योग यसरी खण्डहर बनाइएको छ । पुराना कर्मचारी भन्छन्– मेसिन राम्रा छन्, चलाउन सकिन्छ । आविष्कार केन्द्रले अध्ययन गरेर चलाउन सकिने भएरै जिम्मा लिएको छ । मुख्य कुरो राजनीतिक दबाब दिनु भएन । काविल व्यक्तित्व महावीर पुनले यो कारखानाको जिम्मेवारी लिएकाले आविष्कार केन्द्रले कृषि औजार कारखानाको चमत्कारिक विकास गर्ने विश्वास अधिकांशले गरेका छन् । सरकारले आर्थिक सहायता र उद्योग मैत्री नीति बनाउने हो भने यो उद्योगको पुनर्जन्म हुने निश्चित छ ।