Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चार घातक तत्वविरूद्ध को छ ?

२४ सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

काठमाडौं । भ्रष्टाचार, एनजीओ, संघीयता र ट्रेड युनियन विरूद्ध कुनै उमेदवार खडा हुन सकेनन् । ठूला ठूला आश्वासन सबैले दिएका छन् । आकर्षक घोषणापत्र पनि लेखेका छन् । चुनाव सकिएको भोलिपल्ट बिर्सिने आश्वासन र घोषणापत्रले देश बनाउने, जनतालाई सशक्तिकरण गर्ने होइन रहेछ भन्ने प्रमाणित भइसक्यो ।
देश कमजोर भएको भ्रष्टाचारले हो । संघीयता, प्रशासनदेखि अदालतसम्म, संसददेखि नागरिक समाजसम्म महामारी भएर फैलिएको एनजीओ, आइएनजीओ भ्रष्टाचार हो । यस्तै खतरनाक कुशासनको कारण हो हरेक संस्थामा गठन गरिएका टे«ड युनियनहरू । हेर्दा सग्लै देखिन्छ नेपाल । भूभाग छ, सरकार छ, सार्वभौमिकता छ, लोक छन्, लोकतन्त्र छ तर सुशासन छैन । अराजकता र अस्थिरता यतिबिघ्न बढिसक्यो कि अन गभर्नेबल भइसक्यो ।
विश्लेषक सौरभ भन्छन्– त्रिविमा १४ विद्यार्थीका नाममा पार्टी संगठन छ, विद्युत प्राधिकरणमा ७, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंकमा पनि ७ पार्टीका टे«ड युनियन छन् । भ्रष्टाचारको अर्को कारण हुन् यी । सिंगापुर अमेरिका त्यसै बनेनन् । सिंगापुरमा प्रतिवन्ध लगाइयो । अमेरिकामा छ टे«नमा चढेर २ हजार ट्रेड युनियन लिडरको सफाया गरियो । तव समृद्धि आयो ।
नेपाललाई हुँडल्ने यी चार कुतत्व फाल्ने साहस यो निर्वाचनमा पनि देखिएन ।