Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

न्याय मर्‍यो, न्याय मारियो

१० सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

काठमाडौं । १७ वर्षे छोरा कृष्णप्रसाद अधिकारीलाई ०६१ साल जेठ २४ गते माओवादीले अपहरण गरेर मा¥यो, ज्यानमारालाई कारवाही गरिपाऊँ भनेर श्रीमती गंगामाया अधिकारीसँगै आमरण अनसन बसेका नन्दप्रसाद अधिकारीको ३ सय ३३ दिनपछि २०७१ असोज ७ गते निधन भएको थियो ।
सरकारले ४ बुँदे सम्झौता गरेर न्याय दिलाउने प्रतिवद्धता देखाए पनि ४७ दिनसम्म न्याय नपाएपछि आमाबाबु फेरि अनसन बसेका थिए । बाबु मरे पनि आमा गंगामायाँ अहिले पनि अनसनमै छिन् । मृतक बाबु नन्दप्रसाद अधिकारीको शव टिचिङ् अस्पतालमा राखिएकोे छ । सरकार छ, कहाँ छ ? न्याय, न्यायालय, मानवाधिकार छ, कहाँ छ ?
बुद्धिजीवी, मानवाधिकार आयोग, अनेक नेता, सामाजिक अभियन्ता, नागरिक समाज, अधिकारकर्मीले पटक पटक न्याय दिलाइदिने आश्वसन दिए पनि गंगामायाले न्याय पाइनन् । आजकल उनी भन्ने गर्छिन्– यो देशमा न्याय मरिसक्यो, कसैले न्याय दिलाउन सक्दैनन् । मैले न्याय पाउन सक्दिन ।
लोकतन्त्रमा न्याय बाँच्नुपर्छ, न्याय पाइन्छ भन्ने विश्वास जनजनमा हुनुपर्छ । नन्दप्रसाद र गंगामायाँले न्याय नपाउँदा लोकतन्त्रमा न्याय मरेछ भनेर जो कसैले भन्नसक्छ । प्रधानमन्त्री तोक्न परमादेश दिने अदालतसमेत यो सब हेरिरहेको छ । हुन त प्रधानन्यायाधीशलाई राजनीतिक लाठो हान्ने नेता छन् नेपालमा ।
राजनीतिकर्मी अनारसिंह कार्कीका अनुसार राज्यसंग न्याय माग्दैँ अनशनबाट ज्यान गुमाएका नन्द प्रसाद अधिकारी नेपालका सर्बोच्च सहिद हुन् । तर उनलाई मार्र्ने अत्याचारी,अ मानबीय र असभ्य राज्यसत्तालाइ पनि आजको युगमा संघीय लोकतान्त्रिक गणतन्त्र भनिदो रहेछ । र, ती कलंकित शासकहरू नै शासन सत्तामा रहिरहेको देख्नु पर्दा आफू बाँचेको युग प्रति नै खेद लाग्छ । ...सबैभन्दा महँगो, कथित शीर्ष चार नेताले अँध्यारोमा गरेको निर्णयलाई ताली बजाएर बनाएको बर्तमान संविधान पूर्ण रूपले असफल भएर अहिले देश अराजकता र आतंकमा चलिरहेको छ ।