Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारत भुटानबीचका सिमानामा काँडेदार

०३ सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

काठमाडौं । भारत र बंगलादेशबीचको ४ हजार ९६ किलोमिटर सिमानामा काँढेतार लगाइएको छ । काँढेतार लगाउन रोक्नका लागि भारतले गर्नुसम्मको अत्याचार ग¥यो, धेरी मानिस मरे, मारियो । तर बंगलादेश टसमस भएन, अडान लियो । काँडेतार जाली लगाएर सीमा समस्या न्यूनिकरण भएको छ ।
यतिबेला भुटानले पनि भारतसँगका सीमामा काँडेतार लगाउन थालेको छ । भारत र भुटानकाबीच ६ सय ९९ किलोमिटर खुला सिमाना छ । यही सिमानालाई नियमन, नियन्त्रण गर्नका लागि भुटानले काँडेजालीले सीमा घेर्न थालेको छ ।
नेपाल र भारतबीच १८ सय ५० किलोमिटर खुला सिमाना छ । यो सीमामा कुनै नियमन छैन । जो जुनसुकैबेला नेपाल वा भारत आवतजावत गर्नसक्छ । यही सीमा नियमन गर्नका लागि नेपालले पटक पटक अनुरोध ग¥यो, १९५० को  सन्धि खारेज गरौं भनेर माग गर्दा पनि भारत मानेको छैन । नेपाल भारतका बीचका सबै समस्या पहिचान गर्न र समाधानका लागि इपीजी भन्ने प्रवुद्ध समूह गठन गरेर अध्ययन गराइयो । तर यो रिपोर्ट पहिले नै लिक भयो र सीमा नियमन गर्ने प्रस्ताव थाहा पाएको भारतले यो रिपोर्ट बुझ्न ने मानेको छैन । नेपालले यो रिपोर्ट आफैले सार्वजनिक गर्ने हिम्मत पनि गर्न सकेको देखिदैन । भुटानको जत्ति पनि हैसियत राख्न नेपालले सकेन । लोकतन्त्र र परिवर्तनका वाहक हौं भन्ने नेतृत्व भारतको दबाबका सामु चुप्पी साध्न बाध्य देखिन्छन् ।