Advertisement Banner
Advertisement Banner

१२ बुधबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

खोलामाथि महल बनाउनेहरू असिन पसिन

०३ सोमबार , आश्विन २०७९४ बर्ष अगाडि

काठमाडौं । टुकुचा खोला अर्थात इच्छुमती माथि र दायाँबायाँको जग्गासम्मेत अतिक्रमण गरेर महल खडा गर्नेहरू त्रसित बनेका छन् ।
काठमाडौं महानगरका मेयर वालेन साहले कसैले सोच्दै नसोचेको डोजर लिएर सडक अतिक्रमण, सार्वजनिक जग्गा र नदी अतिक्रमण गर्नेका संरचना भत्काउन थालेपछि अब के होला भन्दा भन्दै राजदरवारमा भएको बागमतीमा मिसिएको टुकुचा खोला कमलादीबाट कहाँ हरायो भनेर खोतल्दै जाँदा जय नेपाल चित्रघरको आँगनदेखि वागमतीसम्म नदी पुरेर त्यसैमाथि सार्वजनिक जग्गासमेत मिचेर ठूला ठूला महल बनाएको पोल खुलेको छ ।
तत्काललाई उच्च अदालतले अन्तिम आदेश नदिएसम्म रोक्न निर्देश गरे पनि वालेन साह नरोकिने भएका छन् । उनले टुकुचाका १२४ रोपनी जग्गाको ५८१ कित्तामा बिभाजित गरेर भूमाफियाले खरिद विक्री गरेको प्रमाण संकलन गर्दै अब ती सबै संरचना भत्किने र टुकुचालाई स्वच्छ र दायाँवायाँ विकासका लागि ७ अर्ब खर्च गरिने बताएका छन् ।
टुकुचामा ढल मिसाउनेको पनि सातो गएको छ । मेयरको यो कामले देशैभरिका पालिकाहरू जुर्मुराउन थालेका छन् ।