Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

रानीको अवशान, नया राजा सर्वसम्मत

२७ सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

काठमाडौं । १९५२ देखिको बेलायत र १४ अन्य देशकी महारानी एलिजाबेथ द्वितीयाको ७० वर्षको राज्यकालपछि ९६ वर्षको उमेरमा गत बिहिवार निधन भएको छ । उहाँको मृतात्मालाई शान्ति मिलोस्, बैकुण्ठ बास होस् । गणतन्त्र नेपालले पनि ३ दिन शोक मनायो, शोक सन्देश पठायो । महारानीले २०१७ र २०४३ मा राजा महेन्द्र र वीरेन्द्रको निम्तोमा नेपालको भ्रमण गर्नुभएको थियो ।
हालकी प्रधानमन्त्री Liz Truss: राजतन्त्र विरोधी थिइन् । तर उनले प्रधानमन्त्री नियुक्त भएपछि मेरो अपरिपक्व उमेरको अभिव्यक्ति भनेर आफूलाई सच्याइन् र उनी नै महारानीसँग हात मिलाउने, नियुक्त हुने अन्तिम प्रधानमन्त्रीसमेत बनिन् ।
महारानीको निधनपछि उनले भनिन्– Queen 'one of the greatest leaders the world has known'. महारानीको देहान्तपछि ७३ वर्षका चाल्र्स राजा बनेका छन् । नेपालका नेताहरूले भूल सच्याउने बेला भएन ?
दुईपल्ट नेपालमा
महारानी एलिजावेजले सन १९६१ र १९८६ मा नेपाल भ्रमण गर्नुभएको थियो । पहिलोपल्ट राजा महेन्द्रको र दोस्रोपल्ट राजा वीरेन्द्रको निम्तोमा आउनु भएको हो ।
१८१६ मा सुगौली सन्धिपछि सन १९२३ मा अन्तर्राष्ट्रिय रूपमा सार्वभौम र स्वाधीन मुलुकको स्तरमा अर्को सन्धि भएको थियो ।