Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कांग्रेसभित्र टिकटको किनबेच भइरहेछ

२७ सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

काठमाडौं । जनकपुरका जमिन्दार डा.रामवरण यादवले ८ वर्ष राष्ट्रपति चलाए, पदीय मर्यादासमेत राखेनन् । जनकपुरमा चिहान बनाउन समेत थाई राजदूतसँग भीख मागे । अहिले पनि राज्यकोषको सान, सौकत र सुविधा भोगिरहेका छन् । त्याग गर्न नसक्नेले नैतिकताको के प्रश्न उठाउनु ?
तर डा.रामवरण पहिले कांग्रेस हुन् । कांग्रेसभित्र मनपर्दी हुँदा उनलाई असह्य भएछ र उनले प्रश्न उठाएक छन्–
नेपाली कांग्रेसले पैसामा चुनावको टिकट बेचिरहेको छ । जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको छ ।
गत बिहीवार बीपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहमा उनले भने–
कांग्रेसको अहिले राम राम भन्नुपर्ने अवस्थामा छ ।
बिपीको जेल डायरी, बिपीको आत्मवृतान्त, बिपीले बोलेका राजनीतिका बारेका विषयहरू कांग्रसीलाई पढ्नलाई फुर्सद छैन । पैसा दिएर सोझै कांग्रेस छिर्छन् । कांग्रेस पैसा लिएर टिकट बेचिरहेको छ । वार्ड, पालिका, समानुपातिकको टिक बिक्री भइरहेको छ । विधि र आदर्शको कुरा गर्न छाडिसके ।
 अहिले देशको अवस्था कस्तो छ ? बिपीको एक गुण पनि हामीमा छैन । कांग्रेसीमा त हुनैपर्ने हो, कोहीमा छैन ।