Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कसले सुन्लान् भोट नहाल्ने ‘फर्मान’ ?

२० सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

पोखरा । ४ र ५ गते भएको विश्व हिन्दु महासंघ राष्ट्रिय समितिले संघीयता र धर्मनिरपेक्षतालाई उपलब्धि मान्नेहरूलाई मंसिर ४ को निर्वाचनमा भोट नदिने आह्वान गरेको छ । अध्यक्ष डा.रामचन्द्र अधिकारीको नेतृत्वमा बसेको समितिको बैठकले संघीयता र धर्मनिरपेक्षताले द्वन्द्व बढाउने र सिक्किमीकरणतिर देशलाई लैजाने भएकाले यस्तो मान्यता राख्ने उमेदवारलाई मतदान नगर्न आह्वान गरेको हो । यो समितिले राप्रपा, राप्रपा नेपाल लाई मतदान गर्न आह्वान गर्न सकेन । यी कस्ता हिन्दुवादी प्रश्न उठेको छ ।
९४ प्रतिशत ॐकार परिवारको जनसंख्या छ । यी हिन्दुवादीहरू संगठित हुनसकेको भए धर्मनिरपेक्षता घोषणा हुनै सक्ने थिएन । घोषणा भएपछि हिन्दुअधिराज्य संविधानमा लेख्न बाध्य हुनेथिए । हिन्दुवादीहरू र राजतन्त्रवादीहरू ६५ टुक्रामा बाँडिएकाले पनि यिनीहरू कमजोर भएका हुन् र संसदको निर्वाचनमा वक्तव्य दिएर बस्न बाध्य छन् ।
विश्वहिन्दु महासंघ छ, विश्व ॐकार एकता महाअभियान देवघाटमा सम्पन्न भएको छ । तर हिन्दुहरू हिन्दुराष्ट्रका लागि, आफ्ना उमेदवार खडा गर्न र तिनलाई जिताएर संविधान संशोधन गर्न सक्दैनन् । खाली हिन्दुराष्ट्र राजसंस्था चाहिन्छ भनेर कोठे क्रान्ति गरेर १५ वर्ष बिताएका हिन्दु र राजावादीले अरू ५० वर्षमा पनि विद्रोह गर्न जान्ने छैनन् । किनकि यिनलाई ढुंगा हानेर आस्था फालेको पीडावोध नै छैन ।