Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

विश्वशक्ति बढ्दै, हामी मर्दै0

२० सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

काठमाडौं । अमेरिका एमसिसी, एसपीपी रणनीतिका साथ नेपालको भूराजनीतिमा प्रवेश गरिसकेको छ । उत्तर र दक्षिणी शक्ति आ–आफ्ना सुरक्षा स्वार्थका साथ नेपालमा आउने, जाने क्रम तीब्र बनेको छ । भारतले त नेपालको ‘नीति तथा अनुसन्धान प्रतिष्ठान’ देखि ‘नपालको बिदेश नीतिबारे मार्गरेखा तय गर्न आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलन’ सम्म हात हाल्न थालिसकेको छ ।
यसैबीच उत्तरी छिमकका तेस्रो वरीयताका चिनियाँ नेता ली चाङ्सु भदौ २७ गते ४ दिने नेपाल भ्रमणमा आउने निश्चित भएको छ । यो भ्रमण चीनको संसद– राष्ट्रिय जनकंग्रेसका अध्यक्षको पहिलो नेपाल भ्रमण पनि हो ।
चिनियाँ कम्युनिस्ट पार्टी पोलिटिकल ब्युरोकोे स्थायी समितिका सदस्य ली राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली खछ्याङपछिको तेश्रो वरीयतामा रहेका र साह्रै शक्तिशाली नेता मानिन्छन् । राष्ट्रिय नीति निर्माताका रूपमा रहेको राष्ट्रिय जनकंग्रेस चीनको संसद् हो, यति महत्वपूर्ण नेताको नेपाल भ्रमण चीनको सुरक्षा चासोबारे चीनमा रहेको संशय र नेपालको अमेरिकी लवीमा गएका घटनाक्रमले नेपाललाई कतै भूराजनीतिमा तानेको हो कि भन्ने आशंकालाई समेत निराकरण र नेपाल–चीन सम्बन्धलगायत नेपालमा चीनवादी कम्युनिष्ट र अन्य पार्टीभित्र प्रभाव स्थापित गर्नका लागि हो भन्ने बुझ्न सहजै सकिन्छ । उनको सन्निकट भ्रमणलाई लिएर चुनाव अघि ङारङार ङुरङुर गरिरहेका कम्युनिष्टहरूको एकता निर्माण पनि उनको उद्देश्य हुनेछ । चुनाव अघिको यो भ्रमण यसकारण पनि महत्वपूर्ण र अर्थपूर्ण मानिएको छ ।
यो भ्रमणबारे दूतावाससँग परराष्ट्रको छलफल चलिरहेको छ । आवरणमा सभामुखको निम्तो भनिएको छ, तर यो भ्रमणमा उच्चस्तरीय भेटवार्ता हुने र नेपालले ठूलै आर्थिक सहयोग पाउने सम्भाबना पनि रहेको छ । भेटवार्ताका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उच्चस्तरीय नेताहरू तैयारीमा जुटिसकेका छन् । २०७६ असोज २५ को राष्ट्रपति सी चिनफिङको भ्रमणपछिको यो उच्चस्तरीय भ्रमणमा त्यतिबेला भएको नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने सहमति कार्यान्वयनमा तीब्रता दिने काम हुने एक वामपन्थी नेताले बताएका छन् ।
अमेरिका, चीन र भारत विश्वशक्तिको दौडमा छन् । यसकारण पनि विश्वशक्ति हुने महत्वाकांक्षा बोकेर हिडेको चीनलाई कमजोर पार्ने खालका तनाव जारी छन् । यो उनीहरूको राष्ट्रिय स्वार्थ हो । अमेरिका र चीनबीच तिब्बतमात्र होइन, ताइवानको तनाव झन खतरनाक मोडमा छ । चिनिया विदेशमन्त्रीले लाक्षणिक अमेरिका र नेपाललाई लाक्षणिक चेतावनी दिएर गएका थिए । त्यसपछि अमेरिकी सांसद, जनरल फ्लिन नेपाल आए । तत्काल नेपालले एसपीपी कार्यान्वयन नगर्ने भनेपछि चीन खुशी भयो तर कार्यान्वयनमा गइसकेको बुझाइ नेपालमा छ । नेपालको एक चीन नीतिमा अडान छ भने पनि चीनमा शंका बढेको अनुभूति गर्न सकिन्छ ।
अमेरिका, चीन, भारत रणनीतिक स्वार्थ र लक्ष्यसहित आफ्नो अभिष्ट पूरा गर्न अघि बढेका छन् । नेपालको राजनीतिज्ञ, थिङ्क टेङ्क, बुद्धिजीवी, नागरिक  समाज राष्ट्र र राष्ट्रिय स्वार्थरक्षा गर्न असमर्थ देखिदैछन् ।