Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

यस्तै कांग्रेस जिताउने ?

२० सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

काठमाडौं । प्रजातन्त्रको बिडा उठाएको कि अपराध र अपराधीलाई काँधमा बोकेको ? यस्तै कांग्रेसलाई जिताउन रूखमा भोट हाल्नुपर्ने हो ?
जिउँदा मान्छेलाई इटा भट्टामा पोल्ने, अस्पतालमा बम राखेर तर्साउने र भ्रष्टाचारको दाग लागेकालाई ‘सर्वसम्मत’ रूपमा कांग्रेसका उमेदवार बन्छन् भने तिनलाई जिताउन नागरिकले मतदान गर्ने दिन फेरि आउनलाग्यो । अपराधीलाई चोख्याइदिने जनता के हुन् नि ? मोहम्मद अफताव आलम, रौतहट –२ बाट सिफारिस भएका हुन् । (२०६४ चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा त्रिलोकप्रताप सिंह र ओसी अख्तरको मृत्यु भएको थियो । घाइतेलाई इटाभट्टामा जलाएका थिए, अहिले उनी जेल जीवन बिताइरहेका छन् ।) 
मोरङ ३ बाट सिफारिस सुनील शर्मा मेडिकल माफिया मानिन्छन् । सरकारको निर्णय नमान्ने, मेडिकल विद्यार्थीसँग ६० लाखसम्म ठगेका थिए । उनीमाथि कृष्ण बैठाको हत्यादेखि, अनेक  मारपिट काण्डमा आरोपित व्यक्ति हुन् ।
प्रम देउवा, उनकी श्रीमतीदेखि महामन्त्रीहरू सर्वसम्मत हुने नै भए ।