Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

गोर्खापछि अग्निपथ र नर्सभर्ती

१३ सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

काठमाडौं । लोकतन्त्र सञ्चालकहरुले नेपाललाई भर्ती केन्द्र बनाइदिए । गोर्खा भर्तीकेन्द्र छँदैथियो, रोजगारीका लागि युवायुवती हरेक दिन विदेशीने क्रम जारी छ । प्लस टु पास हुनासाथ टोफेल गरेर पढ्न जानेको लर्को पनि छँदैछ ।
अब भारतले अग्निपथ र बेलायतले डाक्टरनर्सलाई आकर्षक तलव सुविधा दिने नाममा भर्तीकेन्द्र खोलेको छ । युवायुवतीलाई स्वदेशमै रोक्ने कसले, कुन नेताले, कुन पार्टीले ? सबै चुप छन्, तिनले पठाएको रेमिटान्सबाट देश चलाएर, संघीयता नामको सेता हात्ती पालेर लोकतन्त्र सफल भएको गुड्डी हाँकिरहेका छन् । चेतना बोल्दैन ।
गत सोमवार श्रीम सचिव र बेलायती राजदूतले नर्सका लागि घोषित यो भर्ती केन्द्रको सहमति गरेका छन् । अघोषित रुपमा डाक्टरहरुले धमाधम निवेदन दिइरहेका छन् र छिटै तिनले अनुमति पाउने भएको एक डाक्टरले बताएका छन् ।
नेपालमा स्वास्थ्य सेवाको स्थिति बलियो छैन । धनाध्येका लागि सबै ठिक छ, स्वदेश विदेश छँदैछ । आम गरीब नागरिकका लागि स्वास्थ्यसेवा सर्वसुलभ कसरी बनाउने भन्ने चासो सरकारले लिएको देखिदैन । जसरी पनि कच्चा अथवा योग्य श्रमशक्ति निकासी गर्नतिरमात्र सोच्दा राष्ट्र बनाउने कसले ? भर्ती केन्द्र बनाएर जता जता श्रम र योग्य जनशक्ति चाहिन्छ, तिनीहरु कहाँबाट जुटाउने ?
देशलाई युवाविहीन बनाउनु भनेको खोक्रो पार्नु हो, विश्लेषकहरु भन्छन्– राष्ट्रमाथि अयोग्यको शासन चल्यो ।