Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

‘दुई मुटु यौटा बाटो’- आसुले लेखिएको पूर्वराजाको कविता

१३ सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

काठमाडौं । आमनागरिकले ‘राजको आह्वान गरे पनि’ पूर्वराजा कवितामा पोखिएका छन् । देशको दुरावस्था सहन गर्न नसकेर पूर्व राजाले ‘दुई मुटु यौटा बाटो’ कविता संग्रह प्रकाशित गराएका छन् । सम्वाद सचिवालयका सचिव फणिराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी. शाहको उक्त कवितासङ्ग्रह कृति प्रकाशनमा आएको हो । सङ्कलित कविताहरु चित्ताकर्षक, मन छुने खालका छन् । कविता पढेपछि लाग्छ, पूर्वराजाको भक्कानिएको मुटुबाट कविता निस्केका हुन् । कतिपय कविताहरु यति संवेदनपूर्ण छन् कि पूर्वराजाले आँसुले लेखेका हुन् ।
डा.फणिराज पाठकका अनुसार प्रकाशित कृतिमा पूर्व राजा जी. शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावनासहित राष्ट्रिष् संवेदनामा आधारित कविताहरू रचना गरेका छन् । कविता मर्मस्पर्सी छन्, कविता माटोवादी छन् ।
यो पुस्तक पढ्ने केही पाठकले बताएअनुसार कवितासङ्ग्रहमा देश, परिवेश प्रकृति र वर्तमान मौजुदा राष्ट्रिय स्थिति एवम गतिविधिका बारेमा प्रकाश पारेको प्रष्ट र सङ्केतारत्मक सन्देशहरु रहेका छन् । कवितामा विम्बको प्रयोग छ, विम्वले नेपाली राजनीतिलाई समेत पक्रन सफल भएको देखिन्छ ।
सक्रिय राजाको आश गर्नेहरुका लागि पूर्वराजाको कवि छविले छक्क पारेको छ ।