Advertisement Banner
Advertisement Banner

११ आइतबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

मोदी र पूर्वराजा बीच जोड्ने कडी कालीबाबा

०६ सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

काठमाडौं । हिन्दुराष्ट्र पुनस्र्थापना नभएसम्म नेपाल आउन्न भनेर हिंडेका कालीबाबा अकस्मात नेपाल आए । पूर्वमहापञ्च तथा राष्ट्रवादी सोच राख्ने राजतन्त्रवादी व्यक्तित्व दीर्घराज प्रसाईको दुई पुस्तक ‘चिन्ता र अलमल तथा हिन्दुअधिराज्यको इतिहास’ लोकार्पण गर्नका लागि कालीबाबा नेपाल आएका हुन् । पुस्तक लोकार्पणकै लागि कालीबाबा नेपाल आएका हुन् भनेर कसैले पनि विश्वास गरेको देखिदैन । नेपाल आएको मौकामा कालीबाबाले पूर्व राजासँग पनि भेटवार्ता गर्नु भएको छ । जुन अर्थपूर्ण छ ।
कालीबाबा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसम्म र नेपालका पूर्वराजादेखि अनेक नेतासम्म समेत राम्रो सम्बन्ध भएका धर्मभिरू हुन् । यसकारण पनि कालीबाबालाई शक्तिशाली गुरू मानिन्छ ।
यस्ता गुरू पुस्तक विमोचनका लागि मात्र नेपाल आएका हुन् भनेर मान्न कोही पनि तैयार देखिदैनन् । गुरूको नेपाल आगमनले राजनीति भित्रको राजनीति बुझ्नेहरू अनेक अर्थ र औचित्यबारेमा मात्र होइन, नेपालको भावी राजनीतिले कोल्टे फेर्ने, वर्तमान राजनीतिमा यु टर्न देखिने सम्मका अनुमान लगाउन थालेका छन् । सम्भवतः यही कारणले ठूला पार्टीहरूभित्र अनेक प्रकारका संशययुक्त बहसहरू सुरू भएका छन् ।
 हुन त ९४ प्रतिशत ॐकार परिवारका जनसंख्या १५ वर्षदेखि राजतन्त्र र हिन्दुराष्ट्रका लागि प्रतिक्षा गरिरहेका छन् । यो अत्यधिक बहुमत बेला बेलामा सडकमा जम्मा हुन्छन्, नाराबाजी गर्छन् र घर फर्केपछि मौन रहन्छन् । यो बहुमतले कहिले पनि बुझेनन्, विदेशी ताकतसहितको सलहजसरी जनतालाई सडकमा उतारेर वर्तमान परिवर्तन ल्याएका हुन् । त्यसपछि यही ताकतको भरमा आजसम्म विधिका नाममा, लोकतन्त्रका नाममा, गणतन्त्रका नाममा निरङ्कूशतन्त्र, स्वच्छन्दतन्त्र, प्रतिगामीतन्त्र चलाइरहेका छन् ।
जनताले संविधान, गणतन्त्र र संघीयतालाई अपनत्व ग्रहण गरेकै छैनन् । आमनारिकलाई दल दलमा विभाजित गरेर ठूला दल र नेताहरूले श्री ३ महाराजाको भन्दा कडा खालका परिवारतन्त्र, व्यभिचार चरित्र देखाइरहेका छन् । यसकारण पनि कालीबाबाको नेपाल भ्रमणलाई गुह्यरहस्ययुक्त रहेको अर्थमा विज्ञहरूले व्याख्या गरिरहेका छन् ।